October 18, 2024, 10:16 am
» दाङमा सर्प महोत्सव हुँदै » बालिकालाई जबरजस्ती बेश्याबृत्तिमा लगाएको अभियोगमा गेष्टहाउस संचालक पक्राउ » बाघको आक्रमणबाट एकको मृत्यु » नियुक्ति वा बढुवामा प्रयोग नभएका नक्कली शैक्षिक प्रमाणपत्रले पनि भ्रष्टाचार गरेको ठहर हुने » सन्दीपले पाए अमेरिकाको भिसा

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग

कार्तिक २, २०८१ मा प्रकाशित | २४०दर्शक तीव्रखबर

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विपक्षी दलहरुको बैठकमा सहभागी भएका छन् ।

ठाकुरको पार्टीबाट शरदसिंह भण्डारी श्रममन्त्री रहेका छन् । विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको विपक्षी दलहरुको बैठकमा ठाकुरको उपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सरकारमा सहभागी भएर पनि ठाकुर प्रचण्डले बोलाएको बैठकमा सहभागी जनाएर सरकारप्रतिको असन्तुष्टि पोखेको रुपमा बुझिएको छ ।

यस घटनालाई सत्ता गठबन्धनबीच तरंग पैदा भएको छ । यसले सत्ता गठबन्धन तलमाथि नहुने भएपनि गठबन्धनमा सबै कुरा ठिक नभएको रुपमा बुझिएको छ ।

प्रतिक्रिया