October 18, 2024, 5:18 am
» नेपालले अमेरिकालाई १७ रनले हरायो : दीपेन्द्रले लिए तीन विकेट » भारतमा एउटा मुर्रा भैंसीको मूल्य ३७ करोड ! » भाटभटेनीका गुरुङको दानले एमालेमा हलचल » अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल » देशभरको तापक्रम क्रमशः घट्दो

मिनबहादुर गुरुङसँग जग्गा सहयोग लिँदा एमालेले अद‍ृश्य सम्झौता गरेको छैन : महासचिव पोखरेल

कार्तिक १, २०८१ मा प्रकाशित | ३२०दर्शक तीव्रखबर

  • कोहलपुर : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजनीतिक दलले व्यवसायीबाट जग्गा सहयोग लिनु आश्चर्यको विषय नभएको बताएका छन्। बाँकेको कोहलपुरमा कार्यकर्तालाई सम्बोधन गर्दै महासचिव पोखरेलले व्यवसायी मिनबहादुर गुरूङले जग्गादान गर्ने भनेपछि एमालेले सहर्ष स्वीकार गरेको बताएका हुन्।उहाँले एमालेलाई पार्टी कार्यालय बनाउने जग्गा दिन इच्छा जाहेर गर्नुभयो।` महासचिव पोखरेलले भने,´हाम्रो सचिवालयको बैठकले जग्गा सहयोग स्वीकार गर्ने निर्णय गरेकाले लिएका हौँ।`

    उनले गुरूङसँग जग्गा सहयोग लिँदा कुनै अदृश्य सम्झौता नगरेको प्रष्ट पारे। एमालेलेलाई कमजोर बनाउन चाहने तत्वले जग्गा सहयोग लिएको विषयलाई अनावश्यक रूपमा गलत प्रचार गरेको पोखरेलको भनाई छ। उनले अन्य दलले पनि व्यवसायीसँग जग्गा र रकम सहयोग लिएर नै भवन निर्माण गरेको जानकारी गराए।

    कसरी भयो चर्चा ?

    हालै भाटभटेनीका सञ्चालक गुरुङ र उनकी धर्मपत्नी सावित्री गुरुङले दिएको कीर्तिपुर नगरपालिका २, मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गामा केन्द्रीय कार्यालयको शिलान्यास गरेपछि एमालेको टीकाटिप्पणी भइरहेको छ।शिलान्यासपछि एकथरीले एमालेको आलोचना गरेका छन्। पार्टीकै केही नेता विरोधमा देखिएका छन्। गुरुङको सहयोगलाई २०८१ असोज २४ गते बसेको सचिवालयको ३८औं बैठकले संस्थागत रूपमा स्वीकार गरेको एमालेले जनाएको छ।

    एमालेले लोकतान्त्रिक मुलुकमा पनि आमरूपमा व्यवसायी व्यक्तित्वहरूबाट सहयोग गर्ने परम्परा र अभ्यास रहेको बताउँदै यसलाई अन्यथा ठानेर सार्वजनिक खपत, कथित शुद्धतावादका नाममा गरिने तर्क–वितर्कको कुनै औचित्य नरहेको जनाएको छ। तथ्यमा आधारित भएर गरिएका आलोचना र सुझावहरू पार्टीका लागि गाह्रय हुने पनि एमालेको भनाइ छ।

    २०७२ सालमा आएको विनाशकारी भूकम्पबाट काठमाडौं महानगरपालिका १४ बल्खुमा अवस्थित पार्टी केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि एमाले कार्यालयविहीन भएको हो। त्यसपछि धुम्रबराहीस्थित पासाङ ल्हामु प्रतिष्ठान भाडामा लिएर केही समय केन्द्रीय कार्यालय सञ्चालन गरेको थियो। त्यहाँँ कार्यालय सञ्चालन भइरहँदा पनि एमालेको आलोचना भएको थियो। प्रतिष्ठानलाई दिएको जग्गा पार्टीले प्रयोग गरेको भन्दै आलोचना भएपछि थापाथली हाइटमा पार्टी कार्यालय सारियो। त्यहाँँ पनि व्यापारीको घरमा स्वार्थ केन्द्रित भएर पार्टी कार्यालय सरिएको भन्दै आलोचना नै भयो। व्यवसायी एवं एमाले नेता मोतीलाल दुगडको पहलमा थापाथलीमा कार्यालय सारिएको थियो।

    त्यसपछि ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयलाई केन्द्रीय कार्यालयका सारियो। हाल च्यासलमा नै केन्द्रीय कार्यालय छ। यस वर्षमात्र चारपटक च्यासलस्थित कार्यालय बाढीको चपेटामा परी केन्द्रीय कार्यालय मुख्य सेटअफ (केन्द्रीय कार्यालय, लाइबे्ररी, स्टोर, आईटी, प्रशिक्षण कक्ष, सभाहलहरू र प्रशासनिक कक्षसमेत पूर्णरूपमा ध्वस्त भयो। बाढीका कारण पार्टी कार्यालयको नियमित कार्य गर्न समेत कठिनाइ हुँदै आएको छ।

    लगातार बाढी पसेर कार्यालय डुबान भएपछि एमाले नयाँ कार्यालयको खोजीमा लाग्यो। भूकम्पले बल्खुस्थित कार्यालय भत्काएपछि नौं वर्षदेखि अस्तव्यस्त रहेको केन्द्रीय कार्यालयको स्थायित्वका लागि घरजग्गा खोज्ने क्रममा एमाले रहेको थियो। २०८१ वैशाख ८ र ९ गते गोदावरीमा भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधिपरिषदको प्रथम बैठकबाट पार्टी केन्द्रीय कार्यालय निर्माणका लागि पार्टी सदस्य, समर्थक, शुभचिन्तकहरूलाई सहयोगका लागि सिँगो बैठकबाट आह्वान गरिएको थियो। त्यसयता भएका केन्द्रीय कमिटीलगायत विभिन्न तहका बैठकद्वारा सहयोगका लागि आह्वान भएको थियो। पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा कमिटीसमेत गठन भएको थियो।

    त्यसैबखत भाटभटेनीका सञ्चालन गुरुङले आफ्नो जग्गा निःशुल्क दिने र भवन पनि बनाइदिने प्रस्ताव राखे। त्यो प्रस्तावलाई औपचारिक रूपमा सचिवालय बैठकबाट पारित गरेर नै केन्द्रीय कार्यालय बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए।

    जग्गादान गरी भवन बनाइदिने भाटभटेनीका सञ्चालक गुरुङ विद्यार्थी कालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको पनि एमालेले जनाएको छ। गुरुङले नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैंकिङ सेक्टरको केन्द्रीय कार्यसमितिको सदस्य भई काम गरेको, अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामिप्यतामा रही कार्य गरेको जनाएको छ।

प्रतिक्रिया