October 16, 2024, 12:17 pm
» प्रधानमन्त्री ओलीसँग जापानी राजदूत युताकाको शिष्टाचार भेट » सहकारीको रकम हिनामिनामा दोषी देखिएकाहरूमाथि कारबाही प्रक्रिया सुरु » इन्स्पेक्टर शाहीविरुद्ध पक्राउ पुर्जी जारी » डडेल्धुरा बस दुर्घटना : मृतकको सङ्ख्या पाँच पुग्यो, घाइते १२ जनालाई धनगढी ‘रिफर’ » एक सातामै ‘छक्कापञ्जा ५’ले कमायो १० करोड बढी

आज देशभरको मौसम अनुकूल रहने

अशोज ३०, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौँ, : हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहने छ । साथै कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

त्यसैगरी, आज राति देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

आगामी २४ घण्टामा सबै प्रदेशका पहाडी भागका एक९दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

प्रतिक्रिया