September 16, 2024, 7:36 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

डा. भण्डारीको नेतृत्वमा छैटौं पटक कलेजो प्रत्यारोपण

असार ३२, २०८१ मा प्रकाशित | ७००दर्शक तीव्रखबर

काठमाडौं : नेपाली चिकित्सकको मात्र संलग्नतामा मुलुकभित्र ६ जना व्यक्तिको सफल कलेजो प्रत्यारोपण सफल भएको छ। त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्रा.डा. रमेशसिंह भण्डारीको नेतृत्वमा प्रत्यारोपण गरिएको हो।

पछिल्लो पटक ३० वर्षीय पुरुषको कलेजो प्रत्यारोपण गरिएको सर्जन प्रा.डा. भण्डारीले बताए। ती पुरुषलाई २७ वर्षीया पत्नीले कलेजो दान दिएकी थिइन्।

विदेशी र नेपाली चिकित्सकले संयुक्त रूपमा हालसम्म अस्पतालमा १५ जनाको कलेजो प्रत्यारोपण गरिसकेका छन्। समग्रतामा १५ जनाको कलेजो प्रत्यारोपण गरे पनि नेपाली चिकित्सककै अग्रसरतामा ६ जनाको कलेजो प्रत्यारोपण गरिएको डा. भण्डारीले जानकारी दिए।

डा. भण्डारीको अगुुवाइमा २०७६ जेठ १८ गते शिक्षण अस्पतालमा पहिलो पटक कलेजो प्रत्यारोपण गरिएको थियो। नेपालमा पहिलो पटक ११ महिनाको बालकमा कलेजो प्रत्यारोपण पनि डा. भण्डारीकै नेतृत्वमा भएको थियो।

२०७४ साल साउन १ गते पहिलो पटक कलेजो प्रत्यारोपण भने भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा भएको थियो। पहिलो पटक गरिएको प्रत्यारोपणमा भारतीय सर्जनको सहयोग रहेको थियो।

प्रतिक्रिया