February 23, 2025, 2:29 pm
» पूर्वराजालाई वामदेवको सुझाव- दल खोलेर तपाईं प्रधानमन्त्री बन्‍नुस् » किर्गिस्तानलाई हराउदै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा तेस्रो भयो लेबनान » केपी ओली कपको शुभारम्भ » प्रधानमन्त्री ओली संसद विघटन गर्न उद्दत भएको माओवादी प्रवक्ताको आरोप » भरूवा बन्दुकसहित कास्कीबाट एक जना पक्राउ

नेप्सेमा २५ अंकको गिरावट, १३२ कम्पनीको शेयर मूल्य घट्यो

मंसिर १९, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

काठमाडौं– बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) २४.९७ अंकले घटेको छ । नेप्से ०.८९ प्रतिशतले घटेर २७५०.८७ विन्दुमा पुगेको हो । नेप्से घट्दा १३२ वटा कम्पनीको शेयर मूल्य पनि घटेको छ भने १०४ वटा कम्पनीको शेयर मूल्य बढेको छ ।८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर छ ।

आज बजार घट्दा ९ अर्ब १३ करोड २४ लाख ६८ हजार रुपैयाँ बराबरको २ करोड ३ लाख ३२ हजार ६६ कित्ता शेयर कारोबार भएको छ ।

३२० वटा कम्पनी कारोबारमा आउँदा ९८ ६७७ पटक शेयर किनबेच भएको छ । १३ वटा समूहमध्ये २ समूह बढेको छ भने बाँकी ११ समूह घटेको छ । हाइड्रोपावर समूह ०.३५ प्रतिशतले बढेर ३ हजार ६३९.१९ विन्दुमा पुगेको छ भने उत्पादन तथा प्रशोधन ०.१६ प्रतिशतले बढेर ६ हजार ८१५.४८ विन्दुमा पुगेको छ ।

आज सबैभन्दा बढी ट्रेडिङ समूह ८.७२ प्रतिशतले घटेर ४ हजार ८९४.५७ विन्दमा पुगेको छ । त्यस्तै, वाणिज्य बैंक समूह ०.४१ प्रतिशतले, विकास बैंक २.१७ प्रतिशतले, फाइनान्स १.०९ प्रतिशतले, होटल तथा पर्यटन ०.३३ प्रतिशतले, लगानी ०.०४ प्रतिशतले, जीवन बिमा १.४७ प्रतिशतले, लघुवित्त ०.३० प्रतिशतले, म्युचुअल फण्ड ०.३८ प्रतिशतले, निर्जीवन बिमा ०.४६ प्रतिशतले र अन्य समूह ०।६२ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया