February 26, 2025, 6:11 am
» गल्छी गुप्तेश्वरीमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु » पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय होः राष्ट्रपति » इन्डोनेसियामा ६.१ म्याग्निच्युडको भूकम्प » जर्मनीमा गाँजामाथि पुनः प्रतिबन्ध लाग्दै, दुई बर्षमा उल्टिदै निर्णय » रोनाल्डो र मानेको गोलमा अल नासर विजयी

चीनसँग ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएका छन् : प्रधानमन्त्री

मंसिर १९, २०८१ मा प्रकाशित | ६७०दर्शक तीव्रखबर

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएको बताएका छन् ।

चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा बेइजिङमा रहेका प्रधानमन्त्री ओलीले नेपाली राजदूतावासद्वारा बुधबार आयोजित ‘रिसेप्सन’ समारोहमा यस्तो बताएका हुन् ।

यनले दुई देशबीच आपसी सम्बन्धलाई व्यापकता, उचाइ र गहिरो एवम् अझ मजबुत बनाउने कुरामा भ्रमण सार्थक रहेको बताएका हुन् ।

प्रधानमन्त्रीले नेपाल राजनीतिक स्थिरता र समृद्धिको युगमा प्रवेश गरेकाले अब चीन जस्ता विकसित मुलुकबाट लगानी र सहकार्य बढाई समृद्धिको यात्रामा अगाडि बढिरहेको पनि बताए ।

सन् २०२५ मा धेरै ठूलो सङ्ख्यामा चीनका पर्यटन नेपाल ल्याउने गरी तयारी भइरहेको पनि उनले बताए । चीनका व्यवसायी र उद्यमीसँगको छलफलबाट आफू उत्साहित भएको पनि उनले बताए ।

प्रधानमन्त्री ओलीले नेपालमा प्रमुख दुई दल कांग्रेस र एमाले मिलेर बनेको वर्तमान सरकारले नेपाललाई आधुनिक र समृद्ध बनाउन हरसम्भव प्रयास गरिरहेको पनि बताएका छन् ।

प्रतिक्रिया