December 22, 2024, 6:23 pm
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

झ्याप्लेखोला घटना : धादिङका प्रजिअ पाण्डे गृहमा तानिए

अशोज १४, २०८१ मा प्रकाशित | १०९०दर्शक तीव्रखबर

काठमाडौं– त्रिभुवन राजपथअन्तर्गत धादिङको धुनिबेंसी नगरपालिका र काठमाडौंको चन्द्रागिरि नगरपालिकाको सीमाक्षेत्र झ्याप्लेखोलामा पहिरोले गाडी पुरेको प्रकरणमा धादिङका प्रमुख जिल्ला अधिकारी गृहमन्त्रालयमा तानिएका छन् ।

असोज ११ गते भीषण वर्षाबीच यात्रुवाहक सवारीसाधनलाई राजमार्गमा गुड्नबाट नरोक्दा झ्याप्लेखोलामा ३ वटा गाडी पुरिएको निष्कर्षसहित धादिङका प्रजिअ राजेन्द्रदेव पाण्डेलाई गृहमा तानिएको हो ।

मौसम पूर्वानुमान महाशाखाको पूर्वचेतावनीपछि गृह मन्त्रालयले रातिको समयमा नारायणगढ-मुग्लिङ र मुग्लिङ–काठमाडौं सडकखण्डमा राति सवारी नचलाउन र नचलाउने व्यवस्था गर्न मातहतलाई निर्देशन दिएको थियो ।

तर उक्त निर्देशन पालना नहुँदा धादिङमा पर्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथमा पनि बिनारोकटोक सवारी साधन चलेका थिए ।राति चलेका सवारीसाधनमध्ये शुक्रबार राति बुटवलबाट आएको विंगर, गोरखाबाट आएको दरौँदी यातायातको बस र चितवनबाट आएको माइक्रोबसलाई पहिरोले पुर्दा अहिलेसम्म ३५ जनाको शव भेटिएको छ।

यस प्रकरणमा धादिङका प्रजिअ पाण्डेले गृहमन्त्रालयको निर्देशन प्रहरीमार्फत पालना गराउन असफल भएको निष्कर्ष गृहले निकाले हो ।

धादिङमा प्रहरी–प्रशासनले बेवास्ता गरेकोले झ्याप्ले खोलामा गाडी पुरिँदाका ३५ र अर्को घटनाका ४ सहित ३९ जनाले ज्यान गुमाएका छन् ।

यी घटनामा प्रमुख जिल्ला अधिकारी पाण्डेको लापरबाही रहेको निष्कर्षसहित गृह मन्त्रालयमा तानिएको हो ।

गृहले धादिङमा सुमन घिमिरेलाई प्रमुख जिल्ला अधिकारीको रुपमा पठाएको छ । झ्याप्लेखोला विपद्मा धादिङका प्रहरी प्रमुखको पनि आलोचना भइरहेको छ ।

शुक्रबार र शनिबारको विनाशलाई लिएर कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखककोसमेत कडा आलोचना भइरहेको छ ।

आइतबार भएको सर्वदलीय बैठकमा दलका नेताहरूले पूर्वचेतावनी हुँदा पनि तयारी नगरेको भन्दै दुवैको आलोचना गरेका थिए ।

प्रतिक्रिया