September 16, 2024, 8:13 pm
» परराष्ट्रमन्त्री डा राणा क्यानाडा प्रस्थान » नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो » स्नानको क्रममा तीर्थयात्री बगेर बेपत्ता » रवि लामिछानेले गोर्खा मिडियाको शेयर खरिद-बिक्री किर्ते कागजका आधारमा गरेको समितिको ठहर » जुम्लामा उत्पादीत स्याउले बजार नपाएको सांसद शाहीको गुनासो

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई

असार ३२, २०८१ मा प्रकाशित | ८७०दर्शक तीव्रखबर

काठमाडौं : अर्जेन्टिनाले कोपा अमेरिका २०२४ को उपाधि जितेको छ। कोलम्बियालाई अतिरिक्त समयमा १-० गोलले पराजित गर्दै अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिका उपाधि जितेको हो।

हार्ड रक स्टेडियममा भएको खेलमा अर्जेन्टिनाका लागि लौतारो मार्टीनेजले ११२ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई उपाधि दिलाएका हुन्।

उनी यो संस्करणमा ५ गोल गर्दै उत्कृष्ट गोलकर्ता समेत बने। ६६ औं मिनेटमा कप्तान तथा स्टार खेलाडी लियोनेल मेस्सीलाई चोटका मैदानबाट बाहिरिएका थिए। अपराजित कोलम्बियालाई अर्जेन्टिनाले स्तब्ध पारेको हो।

२०२१ मा कोपा अमेरिका जितेको अर्जेन्टिनाले २०२२ मा विश्वकपको उपाधि जितेको थियो।

प्रतिक्रिया