January 11, 2025, 6:49 am
» अमेरिकाको आगलागीमा मर्नेको सङ्ख्या ११ पुग्यो » राष्ट्रपति पौडेलले गरे पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण » आजको मौसम : यी दुई प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना » भीमदत्तका नगरप्रमुख र प्रशासकीय अधिकृतको भ्रष्टाचार मुद्दा सर्वोच्चमा » उद्योगहरूको व्यवस्थापनलाई आधुनिकीकरण : गर्नुपर्छ मन्त्री सिंह

रविलाई ल्याइएन काठमाडौं, अब भोलि या पर्सि मात्रै

मंसिर ११, २०८१ मा प्रकाशित | १४२०दर्शक तीव्रखबर

काठमाडौं- सहकारी ठगी प्रकरणमा गत कात्तिक ३ गतेदेखि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिरवि लामिछानेलाई बुधबार या बिहीबार मात्रै काठमाडौं ल्याइने भएको छ।

उनलाई काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत हिनामिना प्रकरणमा बयानका लागि मंगलबार नै काठमाडौं ल्याउने तयारी थियो । तर प्रहरीले अब बुधबार या बिहीबार मात्रै काठमाडौं ल्याउने भएको छ ।

रास्वपाका नेता दीपक बोहोराले लामिछानेलाई बुधबार साँझ या बिहीबार बिहानमात्रै काठमाडौं पठाउने जानकारी प्रहरीबाट मिलेको बताएका छन् । ‘कास्की प्रहरीले रवि दाइलाई भोलि साँझ वा पर्सि बिहान मात्रै काठमाडौं पठाउने भएको छ’, उनले भनेका छन् ।

उनलाई मंगलबार बिहान साढे ८ बजे बुद्ध एयरको जहाजबाट काठमाडौं ल्याउन लागिएको थियो । तर मौसम खराबीसहितका कारण देखाउँदै उनलाई प्रहरीले पोखरामै राखेको हो ।

कास्की जिल्ला अदालतले गत आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौं ल्याउन लागिएको थियो ।

काठमाडौंमा ल्याएपछि बयान गराएर फेरि पोखरामै फर्काउने तयारी छ। त्यसपछि उनलाई चितवनस्थित सहकार बचत तथा सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा बयान गराउन लगिनेछ ।लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया