March 11, 2025, 5:13 am
» ओम मेगाश्री फर्मास्युटिकल्सको आजबाट आइपीओ खुला » सिटिजन लाइफ इन्स्योरेन्सकाे लाभांश सुरक्षित गर्ने अन्तिम दिन » बालेनले हेरे ‘लाज शरणम्’ » गणतन्त्रको विकल्प अरु हुन सक्दैन : सिके राउत » स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

बाँसबारीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, तीन घाइते

मंसिर ११, २०८१ मा प्रकाशित | ८७०दर्शक तीव्रखबर

काठमाडौं – काठमाडौँ महानगरपालिका–३ बाँसबारीस्थित सडकमा आज मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।

बा प्र–०२–०५० प ८३१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिकाको देउवाचोक बस्ने ३१ वर्षीय सुशान्त देउलाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिएका छन्‌ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । उक्त मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई बा प्र ०२–०४४–१८७८ नम्बरको मोटरसाइकलसमेतलाई ठक्कर दिँदा दुर्घटना भएको थियो ।

साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार दुई जना र एक जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया