March 11, 2025, 7:33 pm
» UML MP questions Prachanda’s role in monarchist resurgence » नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ » यसरी पक्राउ परे पर्वतमा ३७ वर्षअगाडि हत्या गरेर फरार दुई अभियुक्त » राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै: सञ्चारमन्त्री गुरुङ » मस्कोमा युक्रेनको ड्रोन आक्रमण, तीन जनाको मृत्यु

यस्तो छ मंगलबारका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

फाल्गुन २७, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौ,  । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।  जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । मंगलबार अमेरिकी डलरको भाउ ७४ पैसाले बढेको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आज एक अमेरिकी डललको खरिददर १३९ रूपैयाँ ४४ पैसा र बिक्रीदर १४० रूपैयाँ ०४ पैसा कायम गरिएको छ । यसअघि सोमबारबार एक ओमरिकी डललको खरिददर १३८ रूपैयाँ ७० पैसा र बिक्रीदर १३९ रूपैयाँ ३० पैसामा कारोबार भएको थिायो ।
मंगलबार यूरोपियन युरो एकको खरिदमूल्य १५१ रूपैयाँ ३१ पैसा र बिक्रीमूल्य १५१ रूपैयाँ ९६ पैसा तोकिएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैपाँले ०५ पैसाले बढेको हो । यसअघि सोमबार एक युरो खरिदमूल्य १५० रूपैयाँ २६ पैसा र बिक्रीमूल्य १५० रूपैयाँ ९१ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १८० रूपैयाँ २२ पैसा र बिक्रीदर १८० रूपैयाँ ९९ कायम गरिएको छ ।  यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८८ रूपैयाँ २० पैसा र बिक्रीदर ८८ रूपैयाँ ५८ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९६ रूपैयाँ ९८ पैसा र बिक्रीमा ९७ रूपैयाँ ४० पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ४८ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ५२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १९ रूपैयाँ २१ पैसा तथा बिक्री दर १९ रूपैयाँ २९ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ५८ पैसा तथा बिक्री दर ९ रुपैयाँ ६२ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, मंगलबार कतारी रियाल एकको खरिदमूल्य ३८ रूपैयाँ २६ पैसा र बिक्रीमूल्य ३८ रूपैयाँ ४२ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ १७ पैसा र बिक्रीमूल्य ३७ रूपैयाँ ३३ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ९७ पैसा र बिक्रीदर ३८ रूपैयाँ १३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर मंगलबार ३१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३१ रूपैयाँ ६६ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४५२ रूपैयाँ ६५ पैसा र बिक्रीदर ४५४ रूपैयाँ ६० पैसा र बहराइन दिनार एकको खरिददर ३६९ रूपैयाँ ८७ पैसा र बिक्रीदर ३७१ रूपैयाँ ४६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया