March 12, 2025, 7:25 am
» प्रधानमन्त्रीसमक्ष अन्तर-व्यवस्थापिका मञ्चको घोषणापत्र हस्तान्तरण » चन्द्रगिरिमा एक युवकको आत्मदाहको प्रयास » प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो » आन्दोलनरत शिक्षकहरुले आज एमालेको केन्द्रीय कार्यालयमा धर्ना दिदै » महानगरले उद्धार गरेकी छोरीलाई आमाको जिम्मा लगाउनु पर्ने अवस्था नदेखिएको उच्च अदालतको फैसला

त्रिचन्द्र कलेजको स्ववियुमा नेविसंघबाट सभापति तीन जनाको मनोनयन दर्ता

फाल्गुन २७, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौँ । काठमाडौँको प्रमुख कलेज त्रिचन्द्र कलेजको स्वतन्त्र बिधार्थी युनियन (स्ववियु) को निर्वाचनमा नेपाल बिधार्थी संघबाट तीन जनाको उम्मेदवारी परेको छ ।
सभापतिमा श्रीधर श्रेष्ठ र गोविन्द कोइरालाले आधिकारिक उम्मेदवार दाबि गर्दै उम्मेदवारी दर्ता गरेका छन् भने सागर न्यौपानेले स्वतन्त्र उम्मेदारी दर्ता गरेका छन् ।
श्रेष्ठ सभापति शेरबहादुर देउवा पक्षका हुन् भने कोइराला महामन्त्री गगन थापा पक्षका हुन् । त्यस्तै न्यौपाने डा. शेखर कोइराला पक्षका भएको बताइएको छ ।
श्रेष्ठले आफुलाई आधिकारिक उम्मेदारी बताएका छन् । आफुलाई आधिकारिक उम्मेदवार बनाएपछि श्रेष्ठले विद्यार्थी राजनीतिमा नयाँ ऊर्जा र परिवर्तन ल्याउने बताएका छन् । साथै उनले क्याम्पसको भौतिक पूर्वाधार सुधार, पुस्तकालय स्तरोन्नति, डिजिटल प्रविधिको प्रभावकारी प्रयोग, स्वच्छ अध्ययन वातावरण निर्माण र प्रशासनिक पारदर्शितालाई  प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सभापति पदका लागि श्रेष्ठसहित अन्य विद्यार्थी संगठनबाट कुल ९ जनाको उम्मेदवारी परेको छ । त्रिचन्द्र क्याम्पसमा नेविसंघविरुद्ध अन्य सात विद्यार्थी संगठनहरूबीच चुनावी तालमेल गरिएको छ । तालमेल गरेका सात विद्यार्थी संगठनले अनेरास्ववियुका प्रमित विष्टलाई समर्थन गरेका छन् ।

प्रतिक्रिया