March 12, 2025, 7:13 am
» आन्दोलनरत शिक्षकहरुले आज एमालेको केन्द्रीय कार्यालयमा धर्ना दिदै » महानगरले उद्धार गरेकी छोरीलाई आमाको जिम्मा लगाउनु पर्ने अवस्था नदेखिएको उच्च अदालतको फैसला » साल्ट ट्रेडिङको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन » सामूहिक मकैखेती गर्दै ताप्लेजुङका किसान » प्रतिनिधि सभाको बैठक आजपनि बस्दै

नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ

फाल्गुन २७, २०८१ मा प्रकाशित | ६८०दर्शक तीव्रखबर

ताप्लेजुङ – ताप्लेजुङमा १५ वर्षीय बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय पुरुष रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

पीडित पक्षले दिएको जाहेरीका आधारमा प्रहरीले आरोपित युवकलाई नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार आरोपित युवकले नाबालिकालाई विभिन्न डरत्रास देखाइ गत कात्तिक २९ गते जबर्जस्ती करणी गरेको उजुरी परेको थियो ।प्रहरीले निज युवकविरुद्ध मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ को व्यवस्थाअनुसार अनुसन्धान अघि बढाएको छ । जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी विस्तृत अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए ।

प्रतिक्रिया