March 11, 2025, 7:37 pm
» UML MP questions Prachanda’s role in monarchist resurgence » नाबालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा एक पक्राउ » यसरी पक्राउ परे पर्वतमा ३७ वर्षअगाडि हत्या गरेर फरार दुई अभियुक्त » राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै: सञ्चारमन्त्री गुरुङ » मस्कोमा युक्रेनको ड्रोन आक्रमण, तीन जनाको मृत्यु

स्ववियु निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदै

फाल्गुन २७, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । बिहान ११ देखि २ बजेसम्म उम्मेदवारहरुले मनोनयन दर्ता गराउने तालिका रहेको छ ।
यसअघि सोमबार प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन पत्र वितरण तथा विद्यार्थी सङ्गठन दर्ता भएको गरिएको थियो ।
त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा आगामी चैत ५ गते स्ववियु निर्वाचन हुँदैछ । जसमा त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया