काठमाडौ, । नेप्सेमा सूचीकृत भएको सिटिजन लाइफ इन्स्योरेन्स आज फागुन २७ गते मंगलबार लाशांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
यस कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २८ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले यो कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
कम्पनीले गत वर्षको नाफाबाट लगानीकर्तालाई २६.९८ प्रतिशत बोनस सेयर र १.४२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्दैछ । उक्त लाभांश पारित गर्न यस कम्पनीले चैत १५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांकेट, भाटभटेनी, नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
प्रतिक्रिया