February 26, 2025, 2:53 pm
» पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु » १८ वर्षीय छात्रलाई रक्त क्यान्सर, आर्थिक सहयोगको अपिल

एमाले अध्यक्ष र महासचिवलाई गाली गरेपछि सांसद चौधरी निलम्बित

मंसिर ११, २०८१ मा प्रकाशित | १४३०दर्शक तीव्रखबर

काठमाडौं- नेकपा (एमाले) जिल्ला कमिटी बाँकेले लुम्बिनी प्रदेशसभा सदस्य दुर्गा चौधरीलाई पार्टीबाट निलम्बन गरेको छ ।

नेता चौधरीले पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितको मानहानी गरेको आरोपमा एमालेले उनलाई सबै जिम्मेवारीबाट निलम्बन गरिएको हो ।

एमाले बाँकेका अध्यक्ष निरक गुरुङले एक पत्र जारी गर्दै पार्टीबाट निलम्बन गरिएकोबारेमा चौधरीलाई जानकारी दिएका छन् ।

प्रदेश सभा सदस्य चौधरीले पार्टीलाई हानी नोक्सानी पुर्‍याउने मनसाय राखेको आरोप एमालेले लगाएको छ ।

उनले अध्यक्ष एवम् प्रधानमन्त्री ओली र महासचिव पोखरेलसहितको मानहानी हुने गरी सार्वजनिक रुपमा गालीगलौज गर्ने, समाजिक सञ्जालमा लेख्ने, कार्यकर्तालाई खुइल्याउने र पार्टीविरुद्धमा समाचार लेखाउने जस्ता गतिविधि गरेको पत्रमा उल्लेख गरिएको छ ।

एमालेले चौधरीसँग स्पष्टीकरण पनि सोधेको थियो। तर चौधरीले कमीकमजोरी स्वीकार्नुको साटो साटो उल्टै नेता, कार्यकर्ता र समग्र पार्टीविरुद्ध लिखित जवाफ दिएको जनाइएको छ ।

अध्यक्ष ओली, महासचिव पोखरेल र पार्टीविरुद्ध बोल्दा निलम्बनमा परेका चौधरी बाँके क्षेत्र नम्बर १ (ख) बाट २०७९ मा लुम्बिनी प्रदेश सभा सदस्यमा निर्वाचित सांसद हुन् ।

प्रतिक्रिया