November 14, 2024, 5:01 pm
» सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचारको तयारी » झाँक्री प्रकाश भुजेललाई अनुसन्धान गर्न अदालतबाट पाँच दिन म्याद थप » Education Minister asks agencies to improve results of grade 11 and 12 » रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता » चालिस मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै

अनेरास्ववियु क्रान्तिकारीको २३औँ राष्ट्रिय सम्मेलन

अशोज १०, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी संगठन(क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु भएको छ । राष्ट्रिय सम्मेलनको पूर्वप्रधानमन्त्री एवम् माओवादी नेता पुष्पकमल दाहालले उद्‌घाटन गरेका थिए ।

नयाँ नेतृत्व चयनलगायत शैक्षिक विषयमा केन्द्रित रहेर सम्मेलन चार दिनसम्म चल्नेछ । त्रिभुवन विश्वविद्यालय स्मृति भवनमा सुरु भएको राष्ट्रिय सम्मेलनमा दुई हजार ३२३ प्रतिनिधि सहभागी हुने पार्टीले जनाएको छ । पदाधिकारीसहित २४३ सदस्यीय नयाँ केन्द्रीय समिति चयन गरिने छ ।  

प्रतिक्रिया