February 24, 2025, 3:30 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

इटालिको ‘एयरपोर्ट तथा विदेश मन्त्रालय वेबसाइट’मा साइबर आक्रमण

पुस १४, २०८१ मा प्रकाशित | ४२०दर्शक तीव्रखबर

इटालियन प्रहरीले मिलानको एयरपोर्ट तथा विदेश मन्त्रालय लगायत धेरै वेबसाइटहरूलाई लक्षित गरी रुस समर्थक समूहले गरेको साइबर आक्रमणको अनुसन्धान गरिरहेको जनाएको छ ।

राष्ट्रिय साइबर सुरक्षा प्रहरीका प्रवक्ता मार्को भलेरियो सेर्भेलिनीका अनुसार मन्त्रालयका वेबसाइटहरू, मिलान–लिनेट एयरपोर्ट, सिएना तथा टुरिनका यातायात प्रणालीहरू उक्त आक्रमणबाट प्रभावित भएका छन् ।

रुस समर्थक ह्याकर समूहले टेलिग्राम पोस्टमार्फत आक्रमणको जिम्मेवारी लिएको छ ।

रुसी आक्रामकता विरुद्धको सङ्घर्षमा युक्रेनलाई समर्थन गर्ने नाटो देशहरूमा सार्वजनिक संस्था र रणनीतिक क्षेत्रहरूलाई लक्षित गर्न यो समूह परिचित छ । (रासस/एएफपी)

प्रतिक्रिया