February 23, 2025, 2:44 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

आजको तरकारी तथा फलफूलको मूल्य निर्धारण

पुस १४, २०८१ मा प्रकाशित | ६३०दर्शक तीव्रखबर

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार आज गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी अधिकतम ९० रुपैयाँ, गोलभेडा सानो (लोकल) प्रतिकेजी ४०, गोलभेडा सानो (भारतीय) ६०, गोलभेडा सानो (तराई) ६०, आलु रातो प्रतिकेजी ५७, आलु रातो (भारतीय) ४६, आलु सेतो ४२, प्याज सुकेको (भारतीय) ६८, गाजर (लोकल) प्रतिकेजी १५०, बन्दा (लोकल) प्रतिकेजी ४० रुपैयाँ कायम भएको छ ।

यसैगरी बन्दा (तराई) प्रतिकेजी ३० रुपैयाँ, काउली स्थानीय ५०, स्थानीय काउली (ज्यापु) ६०, काउली (तराई) ३०, मूला रातो ४०, मूला सेतो (लोकल) ३५, सेतो मूला (हाइब्रीड) ४५, भान्टा लाम्चो ६०, भान्टा डल्लो ७०, मकै बोडी ७०, मटरकोसा १४०, घिउ सिमी (लोकल) ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी ८० रुपैयाँ निर्धारण गरिएको छ ।

समितिले तिते करेलाको मूल्य प्रतिकेजी ११० रुपैयाँ तोकेको छ । यस्तै, लौका ७०, स्कुस ३५, रायो साग ३०, पालुङो १००, चमसुर १००, तोरीको साग ५०, मेथी साग १००, तरुल ८०, च्याउ (कन्य) १२०, च्याउ (डल्ले ) ३००, ब्रोकाउली ६०, गान्टेमुला ८०, तामा प्रतिकेजी १००, तोफु १२०, कागती १३०, लोकल काँक्रो १३० र गुन्द्रुक प्रतिकेजी ३०० रुपैयाँ निर्धारण गरिएको छ ।यसैगरी, झोले स्याउ प्रतिकेजी २६०, फुजी स्याउ ३००, केरा प्रतिदर्जन १७० रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया