काठमाडौं, ।नागरिक समाजका अगुवा डा. सुन्दरमणी दिक्षितले कांग्रेस र एमाले समिकरणको सरकारबाट जनता अलिकति पनि खुशी नभएको बताउनुभएको छ ।
वर्तमान सरकार भ्रष्टाचारीहरुलाई उन्मिुक्ती दिनमै लागिपरेको आरोप लगाउँदै उहाँले यो सरकार बनेकै यसकै लागि भएको दाबीसमेत गर्नुभयो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहससँग कुरा गर्दै दिक्षितले यो सरकार आउनासाथ ठुलाठुला भ्रष्टाचारका फाइलहरु बन्द भएको बताउनुभएको छ ।
विगतका सरकारले जस्तै कुरा मात्रै गरेर जनतालाई भ्रममा पार्ने, काम केहि नगर्ने प्रवृती अहिलेको सरकारले पनि दोहो¥याउनेमा कुनै शंका नरहेको उहाँको भनाइ छ ।
यस्तै दिक्षितले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति तथा पुर्व गृहमन्त्री रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको आरोप लगाउनुभएको छ ।
संसदीय छानविन समितले सार्वजनिक गरेको प्रतिवेदनले देखाएका अनुसार लामिछाने यो प्रकरणमा पूरा जिम्मेवारी देखिएको उहाँको भनाइ छ ।
मेरो संलग्नता छैन, मैले क्लिन चिट पाइसके भनेर हिड्नु लामिछानेको गैरजिम्मेवारी पन भएको पनि दिक्षितको तर्क रहेको छ ।
नयाँ पार्टी र केहि गर्छ भन्ने जनताको विश्वास र आसा लामिछानेले तोडेर निराश बनाएको उहाँको भनाइ छ ।
प्रतिक्रिया