November 14, 2024, 5:02 pm
» सातै प्रदेशमा फिस्टुला रोगको निःशुल्क उपचारको तयारी » झाँक्री प्रकाश भुजेललाई अनुसन्धान गर्न अदालतबाट पाँच दिन म्याद थप » Education Minister asks agencies to improve results of grade 11 and 12 » रास्वपाका नेताविरूद्ध अदालतको अवहेलनासम्बन्धी निवेदन दर्ता » चालिस मेगावाट बिजुली बङ्गलादेश निर्यात गरिँदै

आईसीसी वरीयतामा सन्दीपले फड्को मार्दा नेपाली टिम भने १ स्थान तल खस्कियो

अशोज ९, २०८१ मा प्रकाशित | ७३०दर्शक तीव्रखबर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सन्दीप लामिछानेको ओडिआई क्रिकेटको अलराउन्डर वरियतामा सुधार भएको छ ।अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जारी गरेको पछिल्लो वरियता अनुसार लामिछानेले ४१ औँ स्थानमा उक्लिएका हुन् ।

पछिल्लो वरियतापछि लामिछानेले एकै पटक २२ स्थान सुधार गर्दै ४१औँ स्थानमा उक्लिएका छन् ।त्यस्तै, अलराउन्डर वरीयतामा नेपालका दीपेन्द्र सिंह ऐरी ४८औँ, कुशल मल्ल ५१ औं तथा सोमपाल कामी ५३ औं स्थानमा छन् । आईसिसीले जारी गरेको बलिङ तर्फको वरियतामा भने सन्दीप ४८औँ स्थानमा यथावत रहेका छन् ।

ओडीआई वरियतामा नेपाली टिम भने १ स्थान तल खस्किएको छ । यसअघि १६ औँ स्थानमा रहेको नेपाल नयाँ वरियतामा १७ औँ स्थानमा छ । वरियतामा भारत पहिलो, अष्ट्रेलिया दोस्रो, दक्षिण अफ्रिका तेस्रो, पाकिस्तान चौथो र न्युजिल्यान्ड पाँचौं स्थानमा रहेका छन् ।

प्रतिक्रिया