December 23, 2024, 11:53 am
» निजामती विधेयक पारित गर्न मन्त्रालय क्रियाशील छ : मन्त्री गुप्ता » वडा अध्यक्ष भण्डारीले ब्यक्तिगत खर्चमा गरे वृदवृद्धालाई घर-घरमा पुगेर सहयोग » एम्बाप्पेको सानदार गोलमा रियलको जित » रवि हिरासतमा सुतिरहेको फोटो सार्वजनिक गर्ने भुसाल पक्राउ » रवि लगायतविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस

वडा अध्यक्ष भण्डारीले ब्यक्तिगत खर्चमा गरे वृदवृद्धालाई घर-घरमा पुगेर सहयोग

पुस ८, २०८१ मा प्रकाशित | १४०दर्शक तीव्रखबर

सिन्धुपाल्चोक / बाह्रबिसे नगरपालिका ३ पलातीका बृद्ववृद्धाले सम्मान पाएका छन । पौष २ गते वडा कार्यालयमा राखेको सम्मान कार्यक्रममा आउन नसक्ने वृद्ध अबस्थाका नागरिकलाई वडा अध्यक्ष जीवन कुमार भण्डारीले घर – घरमा पुगेर दोसल्ला ओडाएर सम्मान गरेका हुन । वडा कार्यालय तथा स्वास्थ्य चौकी उद्घाटन कार्यक्रममा वृदवृद्धालाई सम्मान कार्यक्रम राखिएको थियोे । तर कतिपय वृद्ध अबस्थाका नगरिक जान नसकेपछि पुर्व निर्धारित कार्यक्रम अनुसार वडा कार्यालयले उनीहरुको घरमा पुगेर दोसल्ला ओढाएर सम्मान सगै सहयोग गरेको हो ।

जाडो मौसम बढे सगै बाह्रबिसे नगरपालिका ३ पलातीका वृद्धबृद्धालाई सम्मानसगै , इलोक्ट्रोनिक जग, र हिडडुललाई साहारा पुग्ने उदेश्यले उनीहरुलाई लौरो दिएको हो । बाह्रबिसे नगरपालिका ३ का वडा अध्यक्ष भण्डारीले आफ्नो वडा भित्रका बृद्वबृद्वालाई पानी तताएर पिउनको लागि इलोक्ट्रोनिक जगर हिडडुलका लागि लौरो सहयोग गरेका हुन ।

पौष २ मा वडा कार्यालय तथा प्रसुती सेवाको लागि नवनिर्मित स्वास्थ्य चौकिको भवन उद्घाटन कार्यक्रम राख्दै वडा भित्रका बृद्ववृद्धा उमेर समुहका नागरिकलाई सहयोग गरेका हुन। हामीले पौष २ गते वडा कार्यालय र स्वास्थ्य चौकी भवन उद्घाटन कार्यक्रमसगै जेष्ठ नागरिक सम्मान तथा सहयोग कार्यक्रम समेत राखेका थियौ, त्यही अनुसार अहिले घरबाट बाहिर हिड्न नसक्ने वृद्धअबस्थाका बुवा आमालाई घर-घरमा पुगेर दोसल्ला, इलोक्ट्रोनिक जग र लौरो सहयोग गरेका हुन । यसले गर्दा उहाँहरुको मनोबल बढ्छ र केही हदसम्म खुसी थपिन्छ त्यसैले मैले आफ्नो ब्यक्तिगत खर्चमा वृद्धअबस्थाका बुबा आमाको लागि सहयोग गरेको हु । उनी थप्छन्, हामी हिड्न सक्छौ, तर उहाँहरुलाई अब लौरोको साहारा चाहीएको छ , त्यसैले आफुले यसलाई सामाजिक कार्य सम्झेर सहयोग गरेको उनको भनाई थियो । सहयोग पाएपछी वृदवृद्धाहरु खुसि भएका थिए

प्रतिक्रिया