February 24, 2025, 3:28 am
» सामाजिक सञ्जालको पोष्टले कानुनी झन्झटमा फसिन् कार्दशियन » माओवादी केन्द्रको तराई मधेश जागरण अभियान आजदेखि, कचनकवलबाट शुरु गर्दै » नाटो सदस्य बनाएमा तत्कालै राजिनामा दिन तयार छु- जेलेन्स्की » फलामको भाँडोमा यी ३ चिज कहिल्यै नपकाउनुस्, बिगार्न सक्छ स्वास्थ्य » केपी ओली कपमा आज दुई खेल हुदै

चिकित्सकको ‘बलात्कार र हत्या’ को आरोप लागेका भारतीयद्वारा आफू निर्दोष रहेको अदालतसमक्ष बयान

पुस ८, २०८१ मा प्रकाशित | ९४०दर्शक तीव्रखबर

३१ वर्षीया एक चिकित्सकको बलात्कारपछि हत्या गरेको अभियोगमा मुद्दा खेपिरहेका एक भारतीय नागरिकले आफू निर्दोष रहेको वयान अदालतसमक्ष दिएको आरोपित पक्षका वकिलले शनिबार बताएका छन् ।

गत अगष्ट ९ मा पूर्वी शहर कलकत्ताको एक सरकारी अस्पतालमा डाक्टरको रगताम्य शव फेला परेपछि महिला हिंसाको दीर्घकालीन मुद्दालाई लिएर देशव्यापी आक्रोश उत्पन्न भएको थियो ।

आरोपित पक्षका वकिल सौरभ बन्दोपाध्यायका अनुसार ३३ वर्षीय सञ्जय रोयले शुक्रबार कोलकाताको एक बन्द अदालतमा न्यायाधीशसमक्ष आफू निर्दोष रहेको भन्दै आफूमाथि लगाइएका आरोपको खण्डन गरेका छन् ।

“म दोषी छैन, मलाई फसाइएको छ,” वकील बन्दोपाध्यायले विपक्षी रोयले अदालतमा न्यायाधीसमक्ष भनेका शब्दलाई उद्धृत गर्दै भन्नुभयो ।

अस्पतालका नागरिक स्वयंसेविका रहनुभएका रोयलाई हत्याको एक दिनपछि पक्राउ गरिएको थियो र त्यसपछि उहाँलाई हिरासतमा राखिएको थियो।

दोषी ठहरिएमा उहाँलाई मृत्युदण्डको सजाय हुन सक्छ ।

अदालतले नोभेम्बर ११ मा करिब ५० जना प्रत्यक्षदर्शीको बयान सुनेर सुनुवाइ सुरु गरेको थियो तर शुक्रबार रोयले आफू निर्दोष सावित गर्ने उक्त अडान राखेका हुन् ।

“न्यायाधीश अनिर्बान दासले छ घण्टा लामो क्यामेराअगाडिको बयानमा उहाँलाई १०० भन्दा बढी प्रश्न सोध्नुभएको थियोे,” बन्दोपाध्यायले भन्नुभयो ।

रोयले यसअघि गत नोभेम्बरमा सुनुवाई अघि अदालत बाहिर जेलको भ्यानबाट चिच्याउँदै आफू निर्दोष भएको सार्वजनिक गरेका थिए ।

कलबत्ताका चिकित्सकहरूले यस नृशंस आक्रमणको विरोधमा हप्तौँसम्म हडताल गरेका थिए ।

दशौँ हजार साधारण भारतीयहरू प्रदर्शनमा सामेल भएका थिए । विरोधले जसले महिला चिकित्सकहरूलाई निर्धक्क भएर काम गर्ने उपायहरूको अभावमा आक्रोश केन्द्रित गरेको थियो ।

भारतको सर्वोच्च अदालतले राष्ट्रिय कार्यदललाई स्वास्थ्यकर्मीको सुरक्षा कसरी बलियो बनाउने भन्ने विषयमा अध्ययन गर्न आदेश दिएको छ ।

सन् २०१२ मा दिल्लीको बसमा एक युवतीको सामूहिक बलात्कार र हत्याको घटनासँग यस आक्रमणको विभत्स प्रकृतिको तुलना गरिएको थियो।

सुनुवाई जारी छ । मुद्दाको आगामी सुनवाई सन् २०२५ जनवरी २ मा हुनेछ ।

प्रतिक्रिया