November 14, 2024, 5:36 am
» प्रि-ओपन सेसनमा नेप्से ४ अंकले बढ्यो » पर्यटकीय गन्तव्य बन्दै सरुवाडाँडाको झोलुङ्गे पुल » छ लाख नगदसहित कौडा खेलिरहेका १३ जना पक्राउ » गण्डकी प्रदेशसभा सदस्य गौचनको निधन » यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

चीनले दशकौंपछि गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

अशोज ९, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौँ । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको बताइएको ।
चीनले यसलाई नियमित परीक्षण भनेको छ । चीनले अन्तिम पटक सन् १९८० को दशकमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको थियो ।
चीनले यो आफ्नो सेनाको नियमित र वार्षिक तालिमको हिस्सा भएको बताएको छ । चीनको सरकारी मिडियाले यस क्षेप्यास्त्र प्रक्षेपणको बारेमा वरपरका देशहरूलाई पहिल्यै जानकारी गराएको बताएको छ ।
अमेरिकी रक्षा विश्लेषक जोन रिजले अमेरिकाको अगाडि आफ्नो शक्ति देखाउन चीनले यो प्रक्षेपण गरेको हुनसक्ने बताएका छन् ।

प्रतिक्रिया