September 20, 2024, 8:50 am
» कृषिमन्त्री अधिकारीलाई डेंगु संक्रमण, मन्त्री क्वाटरमै आराम गर्दै » नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ- प्रचण्ड » प्रधानमन्त्री ओली अमेरिका प्रस्थान » प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री » प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

काठमाडौंमा पिउने पानीमा ‘कोलिफर्म’ भेटियो

भदौ २६, २०८१ मा प्रकाशित | ३००दर्शक तीव्रखबर

काठमाडौं काठमाडौँमा वितरण हुने पिउने पानीमा ‘कोलिफर्म’ भेटिएको छ ।

अनुगमनका क्रममा तीन वटा कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको काठमाडौँ महानगरपालिकाका अनुगमन निरीक्षक डा.अवधेश झाले जानकारी दिए । मानव शरीरका लागि अत्यन्तै जोखिमयुक्त हुने ‘कोलिफर्म’ दिसाजन्य पदार्थ हो ।

निरीक्षक डा। झाका अनुसार विभिन्न दस कम्पनीको जारका पानी परीक्षण गरिएकोमा एक्वा पिस, एक्वा टोखा र एक्वा त्रिदेव कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको हो । महानगरपालिकाले अनुगमनका क्रममा पानी संकलन गरी परीक्षणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रयोगशालामा पठाएको थियो । परीक्षणका क्रममा पानीमा ‘कोलिफर्म’ देखिएको हो  ।

पानीमा ‘कोलिफर्म’ को मात्रा शून्य हुनुपर्नेमा परीक्षण गरिएका जारका पानीमा प्रतिसय मिलिलिटरमा ३० देखि ८० फोकलसम्म कोलिफर्म भेटिएको थियो  ।

प्रतिक्रिया