September 20, 2024, 9:00 am
» कृषिमन्त्री अधिकारीलाई डेंगु संक्रमण, मन्त्री क्वाटरमै आराम गर्दै » नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ- प्रचण्ड » प्रधानमन्त्री ओली अमेरिका प्रस्थान » प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री » प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

बर्दियामा पहिचान नखुलेका पुरुषको शव भेटियो

भदौ २४, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

बर्दिया – बर्दियामा पहिचान नखुलेका एक पुरुषको शव फेला परेको छ । ठाकुरबाबा नगरपालिका-२ स्थित कर्णाली नदी किनारमा आज अन्दाजी ३०-३५ वर्षीय पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ ।

पाँच फिट पाँच ईन्च उचाइ भएको, सडीगली अनुहार नचिनिने अवस्थाको पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए । शव जिल्ला अस्पताल गुलरियामा राखिएको छ ।मृतकको शव चिन्ने व्यक्तिलाई जिल्ला प्रहरी कार्यालय बर्दियामा खबर गर्न अनुरोध गरिएको छ ।

प्रतिक्रिया