September 20, 2024, 11:30 am
» रौतहटमा फैलियो झाडा पखला » जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ » सहकारी ठगीमा फरारहरु खुलेआम : यस्ता छन् फरारहरुको नाम लिष्ट » पत्रकार महांसघका कार्यवाहक अध्यक्ष विष्टको राजीनामा » समितिमा रविको बयान- मलाई दोषी देखाउने होडमा सहकारी समस्यालाई जटिल बनाइयो

खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु

भदौ २४, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

त्रिवेणी (रुकुम पश्चिम),  : रुकुम पश्चिममा खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका-६ र ७ को सिमाना पर्ने रमा खोलाले आइतबार राति रा६प २९६९ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरुको मृत्यु भएको हो ।

साँख गाउँबाट कानेवाङ आउने क्रममा मोटरसाइकल बगाउँदा मुसिकोट-४ का ५० वर्षीय सर्जन पुन र मुसिकोट-६ का ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम  पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिनुभयो ।

घटनाबारे प्रहरीले आज बिहान मात्र जानकारी पाएको हो । महिलाको शव खोलाभन्दा तीन सय मिटर तल तथा पुरुषको शव २० मिटर तल मोटरसाइकले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया