September 20, 2024, 1:36 pm
» राष्ट्रपति पौडेलसमक्ष लोकसेवा आयोगको प्रतिवेदन पेस » ४५ दिनपछि ‘दलितलाई खै ?’ आन्दोलन स्थगित » प्रधानमन्त्री ओली कतारको दोहामा » प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित » रवि लामिछाने बारे कुमार रम्तेलले समितिमा के के भने ?

पहिरोमा बेपत्ता वडासदस्य दम्पतीको शव भेटियो

भदौ २३, २०८१ मा प्रकाशित | ३८०दर्शक तीव्रखबर

काँक्रेविहार (सुर्खेत), : जाजरकोटको बारेकोट गाउँपालिका-६ धुमामा पहिरोमा घरसँगै पुरिएका ४७ वर्षीय मानबहादुर चलाउने र उहाँकी ३८ वर्षीया श्रीमती प्रेमकुमारी चलाउनेको शव फेला परेको छ ।

गएरातिको पहिरोमा घरसँगै परी चलाउने दम्पती पुरिएका थिए । पहिरोमा पुरिएकाको खोजी गर्ने क्रममा चलाउने दम्पतीको शव फेला परेको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिनुभयो ।

मृतक चलाउनेकी घाइते ११ वर्षीया छोरी सम्झनालाई उपचारका लागि सुर्खेतस्थित प्रदेश अस्पतालमा हेलिकप्टरमार्फत पठाइएको उहाँले बताउनुभयो ।

शव लिम्सास्थित गाउँपालिकाको आधारभूत अस्पतालमा ल्याएर कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको जाजरकोटका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

“प्रेमकुमारी बारेकोट गाउँपालिका-६ की वडा सदस्य हुनुहुन्छ भने मानबहादुर नेकपा (माओवादी केन्द्र) बारेकोट गाउँ कमिटीका सदस्य हुनुहुन्थ्यो”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया