September 20, 2024, 6:40 am
» प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान » भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! » पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित » कटहरियामा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु » सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

उपाध्यक्ष कार्कीको निधनमा प्रचण्डले गरे दु:ख व्यक्त

भदौ ४, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हुम्ला सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्कीको निधनप्रति दु:ख व्यक्त गरेका छन्।  मंगलबार शोक  वक्तव्य जारी गरी प्रचण्डले उपाध्यक्ष कार्कीको निधनमा
दु:ख व्यक्त गरेका हुन्।कार्कीको निधनले अत्यन्त मर्माहत बनाएको भन्दै अध्यक्ष प्रचण्डले शोकाकुल परिवारजनमा समवेदन व्यक्त गरेका छन्।

सुर्खेतबाट नेपालगञ्ज जाँदै गरेको कर्णाली प्रदेश ०२००१ ख १०११ नम्बरको फोर्स गाडी सुर्खेतको भेरीगङ्गा नगरपालिका-५ एमाले मोडमा दुर्घटनामा गम्भीर घाइते भएका कार्कीको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा सोमबार राति निधन भएको हो। सोही घटनामा परी ताजाकोट गाउँपालिका अध्यक्ष लालकेश जैसीलगायत केही व्यक्ति घाइते भएका छन्।

उपाध्यक्ष कार्की नेकपा माओवादी केन्द्रका तर्फबाट गत स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचित भएका थिए।

प्रतिक्रिया