September 20, 2024, 6:47 am
» प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान » भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! » पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित » कटहरियामा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु » सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारीे छ : उपप्रधानमन्त्री सिंह

भदौ ४, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

काठमाडौँ, : उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सहरहरूलाई व्यवस्थित बनाउने प्रयास जारी रहेको बताउँदै पूर्वाधार निर्माणका काम प्राथमिकतामा रहेका बताउनुभएको छ ।

आज काठमाडौँ क्षेत्र नं १ मा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सुरक्षित र व्यवस्थित सहर निर्माणका लागि मन्त्रालयले काम गरिरहेको र परिणाम विस्तारै देखिने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुधारका लागि काम गर्न प्रयास गरिरहेको छु, तर त्यो देखिन समय लाग्छ ।

संविधानले दिएको अधिकारलाई आवश्यक कानुन बनाएर कार्यान्वयन गर्दै सबै जनताले परिवर्तनको महसुस गराउने सन्दर्भमा कुनै दुविधा छैन ।”

उहाँले  काठमाडौँ उपत्यकाका बागमती, विष्णुमतिलगायतका नदीमा सुधार ल्याउन र ढल व्यवस्थापनमा मन्त्रालयले प्रयास गरिरहेको बताउनुभयो ।

प्रतिक्रिया