September 20, 2024, 6:27 am
» प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान » भारतको प्रसिद्ध तिरुपति मन्दिरको प्रसादमा पशुको बोसोको प्रयोग ! » पत्रकार महासंघको निर्वाचन अनिश्चितकालका लागि स्थगित » कटहरियामा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु » सुनचाँदीको मुल्य बढ्यो, तोलाको कति पुग्यो ?

गाई जात्राले शोकलाई शक्तिमा बदल्ने सन्देश दिएको छ : पर्यटनमन्त्री

भदौ ४, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौं : संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले गाई जात्राले शोकलाई शक्तिमा बदल्ने सन्देश दिएको बताएका छन्। सोमबार गाई जात्रा महोत्सव,सांस्कृतिक संस्था (नाचघर)द्वारा आयोजित  गाई जात्रा महोत्सवमा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन्।

‘ गाई जात्राले शोकलाई शक्तिमा बदल्ने  सन्देश दिएको छ। यो राजा जयस्थिती मल्लले सुरूवात गरेको भए पनि सबै कालखण्डमा उत्तिकै महत्त्वपूर्ण छ,’मन्त्री पाण्डेले भने।

मन्त्री पाण्डेले  सांस्कृतिक संस्थानले सृजनशील कार्यक्रम अघि बढाएको बताए। उनले मुलुक भूगोलमा सानो भएपनि यहाँको विविधता भित्रको संस्कृतिमा छुट्टै विशेषता रहेको बताए। मन्त्री पाण्डेले यस संस्कृति भित्रको जिवन्तता पूँजी भएको समेत प्रस्ट पार्नु पारे।

प्रतिक्रिया