September 20, 2024, 5:55 am
» प्रधानमन्त्री ओली आज अमेरिका जादै » च्याम्पियन्स लिगमा मोनाकोसँग बार्सिलोना पराजित » मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली » ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै

वर्तमान सरकारदेखि जनता आतंकित छन् : नेता सुवेदी

भदौ २, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौं, ।  नेकपा माओवादी केन्द्रका नेता झक्कु सुवेदीले वर्तमान सरकारदेखि जनता आतंकित बनेको बताउनुभएको छ ।

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले गरेका कामलाई भंग गरेर बनाएको अहिलेको सरकारबाट विकाशका कामको आस नै नभएको उल्टै जनताहरु अब के-के हुने हो भन्ने आतंकमा रहेको उहाँको भनाइ छ ।

प्रचण्ड सरकारले देश र जनताका लागि धेरै राम्रा कामहरु गरेको गरेको दाबी गर्दै उहाँले जनतामा निराशा हटेर आसा पलाएको स्पष्ट पार्नुभयो ।

अबको सरकारले भने फेरि निराशा र अविश्वास बढाउने उहाँको तर्क रहेको छ ।

विकाश र सुशासनको काम गरेर अगाडि बढिरहेको प्रचण्ड सरकारलाई भंग गर्न राताराता कांग्रेस सभापति शेरबहादुर देउवा एमाले अध्यक्ष केपी शर्मा ओलीले कपाली सहमति गरेको नेता सुवेदीको आरोप रहेको छ ।

प्रधानमन्त्री ओलीले कुरा र भाषणमात्रै ठुला र विकाशका गर्ने तर व्यवहारमा एउटा पनि लागु नगर्ने पूरानै प्रवृती अब पनि दोहोरिने नेता सुवेदीको आरोप रहेको छ ।

प्रतिक्रिया