September 20, 2024, 8:53 am
» कृषिमन्त्री अधिकारीलाई डेंगु संक्रमण, मन्त्री क्वाटरमै आराम गर्दै » नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ- प्रचण्ड » प्रधानमन्त्री ओली अमेरिका प्रस्थान » प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री » प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

३७ बर्षिय सिनावात्रा थाइल्याण्डको प्रधानमन्त्री बन्दै

साउन ३२, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौँ । पातोङटर्न सिनावात्रा थाइल्याण्डको नयाँ प्रधानमन्त्री बन्ने भएकी छन् । फेउ थाई पार्टीकी ३७ बर्षिय नेतृ सिनावात्रालाई संसदमा भएको मतदानमा ३१९ सांसदले मतदान गरेका थिए । थाइल्याण्डको तल्लो सदनमा ५०० सदस्य रहेका छन् ।

उनी थाइल्याण्डका पुर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् ।

यद्यपी उनलाई अब राजाले प्रधानमन्त्रीमा नियुक्त गर्न भने बाँकी रहेको छ । प्रधानमन्त्रीमा नियुक्त भएपछि सिनावात्रा थाइल्याण्डको राजनीतिक इतिहासमै कम उमेरकी प्रधानमन्त्री बन्ने छिन ।

बुधवार फेउ थाई पार्टीका श्रेष्ट थाविसिनलाई अदालतले कानुन उलंघन गरेको भन्दै पदबाट हटाइएको थियो ।

प्रतिक्रिया