कार बम हमलामा आठ प्रहरी मारिए, ४५ भन्दा बढी घाईते

- August 26, 2016 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

स्तानबुल । टर्कीमा आठ जना प्रहरी अधिकारीको हत्या भएको समाचार छ । यहाँको विद्रोही संगठन पिकेकेले गरेको हमलामा उनीहरुको हत्या भएको हो ।

देशको दक्षिणी भागमा रहेको एक प्रहरी कार्यालयको द्वारमा पिकेकेका लडाकूले कार बम हमला गरेका थिए ।

सो विस्फोटमा परी अरु पनि कम्तीमा ४५ जना नागरिक नराम्ररी घाइते भएका छन् । घाइतेहरुलाई अस्पताल पु¥याइएको र सो हमलास्थलमा हाल कडाई गरिएको बताइएको छ ।

विस्फोट शक्तिशाली रहेको प्रहरीले जनाएको छ । विस्फोटपछि कालो धुवाँको मुस्लो उडेका दृश्यहरु टेलिभिजनले देखाएका थिए ।

अनादोलु समाचार समितिले दिएको जानकारीअनुसार सो प्रहरी कार्यालयमा भएको बम विस्फोटबाट अधिकांश प्रहरी नै घाइते भएका छन् ।

उक्त दुर्घटनास्थलमा प्रहरीका एम्बुलेन्सका साथै हेलिकोप्टर पनि पठाइएको छ । सो हेलिकोप्टरबाट उद्वारका साथै थप आक्रममण नहोस भनेर निगरानी भइरहेको छ ।

पछिल्लो समयमा टर्कीमा यस्तो आक्रमण लगभग दिनहूँजसो भइरहेको छ । टर्कीमा जारी रहेको हिंसाप्रति सबैको ध्यानाकर्षण भएको बताउने गरिएको छ । रासस÷एएफपी


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!