-नवनायिका सुस्मा तामाङ
काठमाडौं । पछिल्लो समयमा चलचित्र क्षेत्रमा प्रतिवाशाली युवा युवतीहरुको आगमन भैरहेको छ । कतिपयले चलचित्र क्षेत्रलाई व्यवासयिक बनाउँदै लग्न सफल छन् भने कतिपय यहि क्षेत्रमा तल्लिन रहेर छोटो समयमा नै पलायन भएका छन् । यहि भिड्मा आफुलाई अलग्गै पहिचान बोकेर आफ्नो भाषा, संस्कृतिमुलक चलचित्रहरुमा अभिनय गरेर चलचित्र क्षेत्रलाई नै व्यवसायि बनाउन सफल छिन् नव नायिका सुस्मा तामाङ ।
मकवानपुरमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी सुस्माले छोटो समयमा नै आफुलाई अभिनयमा दख्खल बनाउँदै नायिकाको रुपमा परिचय बनाउन सफल छिन् । सानैदेखिको कलाकारिता क्षेत्रलाई रुचाउने सुस्माले विशेष गरि आप्mनै जातिय चलचित्रहरुमा अभिनय गर्दै आएकी छिन् ।
तामाङ भाषामा निर्माण भएका चलचित्र रीतदेखि बुम्बासम्म आइपुग्दा उनले सफलताको सिंढी पार गरेको आमदर्शक तथा फिल्म निर्माताहरुले नै स्वीकार गर्दै आएका छन् । नवनायिका सुस्माले यस विचमा दर्जनौं म्यूजिक भिडियोहरुमा समेत अभिनय गरेर आफुलाई मोड्लिङ क्षेत्रमा पनि स्थापित गरिसकेकी छिन् ।
त्यसो त नव प्रवेशी नायिका सुस्मा एक ठूलो पर्दाको चलचित्रमा समेत अनुवन्धित भैसकेको बताउँछिन् । पछिल्लो समय ग्लामरलाई चलचित्र क्षेत्रले प्राथमिकता दिइरहेको अवस्थामा हाम्रा कला सम्वाददाताको एक जिज्ञासामा सुस्माले पनि आप्mनो धारण यसरी राखिन् – कथाले मागेजति ग्लामर सिन दिन तयार छु तर सामाजिक परिवेशमा रहेर कथाले मागे अनुसारको सिन दिन एक कलाकारले तयार हुनुपर्छ जस्तो लाग्छ ।
यस बिषयमा तपाइको प्रतिक्रिया...!