काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठकमा सोमबार नेताहरूले एकअर्कालाई सिस्नो लगाएका छन्। प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा एमाले कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा एमालेका शीर्ष नेताहरूले एकअर्कालाई सिस्नो लगाएर ‘बिसु पर्व’ मनाएका हुन्।
एमाले सचिव लेखनाथ भट्ट सुदूरपश्चिमका हुन्। उनको पहलमा एमाले सचिवालय बैठकमा सिस्नो लगाउने र मिठाइ खाने काम भएको एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए। प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले सबैलाई सिस्नो लगाएर नयाँ वर्षको शुभकामना दिएका थिए।
बिसु पर्वले पुराना कुरा सुधार्ने तथा सम्बन्ध तथा बिग्रेको कुरा सुधारौँ भन्ने चलन छ।
पाण्डेका अनुसार दुई घन्टा जति बसेको बैठकमा करिब १ घन्टा सिस्नु लगाएर मिठाइ खाँदा बितेको थियो। पाण्डेका अनुसार बैठकमा वैशाख ९ गते र ११ गते हुने कार्यक्रमबारे छलफल भएको थियो।
एमालेले वैशाख ९ गते पार्टी स्थापना दिवस र सम्मान कार्यक्रम गर्दै छ। त्यस्तै ११ गते ४० वर्ष उमेरका एक लाख युवालाई काठमाडौँको टुँडिखेलमा भेला गरेर शक्ति प्रदर्शन गर्ने दाबीसमेत गरेको छ।
प्रतिक्रिया