April 28, 2025, 8:57 am

वर्षाले गहुँबालीमा क्षति हुँदा किसान चिन्तित

बैशाख १, २०८२ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

बाँके– आइतबार साँझ परेको बेमौसमी वर्षाले गहुँबालीमा क्षति पुर्‍याएपछि बाँकेका किसान चिन्तित भएका छन् ।

किसानले काटेर भित्र्याउन ठिक्क पारेको गहुँबालीमा बेमौसमी वर्षा र हावाहुरीले भिजाएर क्षति पुर्‍याएकाे डुडुवा गाउँपालिका– ५ कम्दीका किसान सूर्यलाल यादवले बताए । खेतमा लगाएको गहुँ काटेर स्याहार्ने बेला वर्षाले भिजाएर ठूलो क्षति भएको उनको भनाइ छ ।

नकाटेको ठाडो गहुँबालीमासमेत हुरी र असिना पानीले ठूलो क्षति पुर्‍याएकाे उल्लेख गर्दै यादवले भने, ‘यसपाली गहुँ राम्रो फलेको थियो, भित्र्याउने बेलामा हुरी र बेमौसमी वर्षाले क्षति पुर्‍यायाे ।’

नेपालगञ्ज– १७ थुकैला गाउँका किसान रामसुरत बर्माले असिनापानी र हुरीले गहुँबालीमा ठूलो क्षति पुर्‍याएकाे बताए ।

प्रतिक्रिया