April 17, 2025, 5:59 pm

अछाममा टाउको नभएको अवस्थामा महिलाको शव भेटियो

चैत्र २९, २०८१ मा प्रकाशित | ३६०दर्शक तीव्रखबर

धनगढी– अछाममा टाउको नभएको अवस्थामा महिलाको शव फेला परेको छ ।

ढकारी गाउँपालिका–२ चाइराखोलामा शुक्रबार टाउको नभएको अवस्थामा एक महिलाको वेवारिसे शव फेला परेको हो ।

स्थानीयको सूचना अनुसार प्रहरी शवको पहिचान र अनुसन्धानका लागि प्रहरी टोली खटाइएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले जानकारी दिए ।

शव सडिसकेको अवस्थामा रहेकाले घटना शंकास्पद रहेको उनले बताए । प्रहरीले घटनाको अनुसन्धान थालिएको जनाएको छ ।

प्रतिक्रिया