April 17, 2025, 2:12 am

काठमाडौंमा हावाहुरीसहितको वर्षा, जहाजहरू आकाशमै ‘होल्ड’

चैत्र २९, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

काठमाडौं– काठमाडौं उपत्यकासहित देशका विभिन्न भागमा बिहानैदेखि हावाहुरीसहितको वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका भूभागमा हावाहुरी र चट्याङसहितको वर्षा भइरहेको छ ।यसैबीच, हावाहुरी र वर्षाका कारण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई सेवा समेत प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार प्रतिकूल मौसमका कारण केही जहाजहरू आकाशमै ‘होल्ड’ भएको अवस्था छ ।

प्रतिक्रिया