April 9, 2025, 9:39 am

कैलालीको घोडाघोडी क्याम्सपमा अनेरास्ववियुका गौतम विजयी

चैत्र २३, २०८१ मा प्रकाशित | २७०दर्शक तीव्रखबर

कैलाली- कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अनेरास्ववियु विजयी भएको छ । शनिबार भएको मतदानको आइतबार आएको नतिजाअनुसार अनेरास्ववियुका अशोक गौतम विजयी भएका हुन् ।

कुल एक हजार ६९१ जना मतदाता रहेको यस क्याम्पसमा गौतमले ६७० मत ल्याउँदै पहिलो पटक अनेरास्ववियुलाई जित दिलाएका हुन् ।

उनका निकटतम् प्रतिद्वन्द्वी अखिल क्रान्तिकारीका गणेश भण्डारीले ४२८ मत ल्याएका छन् । सचिवमा नेविसंघका प्रविण भण्डारी ५५५ मतसहित विजयी भएका छन् ।

उनीसँग नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका भुवनराज जैसी ४९० मत ल्याउँदै पराजित भए । उता कोषाध्यक्षमा अनेरास्ववियुका सञ्जीवकुमार चौधरी ५६९ मतसहित विजयी भए । उनीसँग अखिल क्रान्तिकारीकी यालिशा कुमारी कुँवर ४१६ मतसहित पराजि भइन् ।

प्रतिक्रिया