काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सिंगो नेपाललाई खुला संग्रहालय बनाउनुपर्ने बताएका छन्।
आइतवार ललितपुरमा ललितपुर म.न.पा.१६ पाटन दरबारस्थित जिर्णोद्वार तथा पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा विविधतापूर्ण संस्कृति र प्रकृति रहेको भन्दै यसलाई विश्वमा प्रचार गर्न जरुरी रहेको बताए।
उनले विविधतापूर्ण संस्कृतिलाई जोगाउनका निम्ति सबैले आफ्नो आफ्नो ठाउँबाट भुमिका खेल्नुपर्ने उल्लेख गरे । उनले नेपालको विविधतापूर्ण प्रकृति र संस्कृतिको प्रचार गर्नसकने विश्वबाट आउने पर्यटकहरूले नेपलको रसस्वादन गर्नसक्ने र त्यसबाट नेपालले आर्थिक आर्जन गर्नसक्ने बताए।
सिंगो नेपाललाई प्राकृतिक दृष्टिकोणले पनि प्राकृतिक गन्तव्यको रुपमा अगाडि बढाउनुपर्नेमा मन्त्री पाण्डेले जोड दिए ।
मन्त्री पाण्डेले भने, ‘अभौतिक सम्पदा, हामीसँग त्यत्तिकै भाषाहरु छन् । त्यत्ति नै भेषभुषाहरु छन् । हामीसँग त्यस्तै संस्कृति, चाडपर्व, खानपान, विभिन्न परिकारहरु छन् । यो अभौतिक सम्पदा, भौतिक र अभौतिक स्म्पदालाई जोडेर, जोगाएर नेपाललाई एउटा खुला संग्रहालय जस्तो, सिंगो नेपाललाई एउटा खुला संग्रहालय जस्तो, सिंगो नेपाललाई प्राकृतिक दृष्टिकोणले पनि प्राकृतिक गन्तव्यको रुपमा लिएर जानुपर्नेछ ।’
मन्त्री पाण्डेले नेपालमा संस्कृति, प्रकृतिको विविधतासँगै चाडपर्व, खानपानहरु पनि नयाँ र फरक फरक रहेको उल्लेख गर्दै यसलाई विश्वमा प्रचार गर्नुपर्ने बताए ।
प्रतिक्रिया