April 9, 2025, 9:56 am

सुन तोलामा १ हजार ९ सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

चैत्र २३, २०८१ मा प्रकाशित | ३७०दर्शक तीव्रखबर

काठमाडौँ – नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १ हजार ९ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो ।यस्तै चाँदीको मूल्य पनि घटेको छ । जसअनुसार आइतबार चाँदी तोलामा १८०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १८७० रुपैयाँ कायम थियो ।

प्रतिक्रिया