अरबौंको आयातले अर्थतन्त्र धरापमा

- May 9, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । नेपाल विकासोन्मुख देशहरुमध्ये कृषि प्रधान देश हो । नेपालको अर्थतन्त्रमा कृषि क्षेत्रको उल्लेखनीय योगदान रहेको छ ।

कुल ग्रार्हस्थ उत्पादनको झण्डै एक तिहाई हिस्सा कृषि क्षेत्रले ओगटेको छ भने झण्डै दुई तिहाई भाग जनसंख्या कृषि पेशामा आश्रित रहेका छन् ।

कृत्रिम तरिकाले बालिजन्य र पशुजन्य उत्पादन गर्नु भनेको कृषि हो । यो खेत वा बारीमा अन्न रोपी गोडमेल गरेर अन्न उब्जाउने काम हो।

पशुपालन्, बाली उत्पादन्, मत्स्यपालन्, र अन्य जिव—जन्तुको खेती वा पालन यस अन्तर्गत पर्दछन ।

हरेक मानिस स्वास्थ्य र निरोगि हुनुपर्दछ भन्ने कुरामा कसैको दुईमत हुन सक्दैन । स्वास्थ्य भएर बाँच्नु मानिसको अधिकार हो ।

त्यसका लागि राज्यले उनीहरुको स्वास्थ्य प्रवद्र्घनका लागि विभिन्न कार्यहरु गरिरहेको कुरा सर्वविदतै छ । तर पछिल्लो समय नेपाली खाना अर्घानिक हुन सकेको छैन ।

बालबालिकादेखि बृद्ध सम्म जंक फुडको प्रयोग भइरहेको छ । स्वास्थ्य खाना नखादा विभिन्न प्रकारका रोगहरुले आक्रमण गर्ने र मानिसको मृत्यु समेत हुने गरेको छ । स्वस्थ्य खानाबाट नै मानिसको जीवजनशैली शुरु हुन्छ ।

 पछिल्लो समय बजारमा पाइने मिसावट खानाले मानिसको स्वास्थ्यलाई गम्भीर असर पारेको छ । हड्डी कमजोर बनाउने, दिमागलाई असर पार्ने, आँखा नदेख्ने, नसाहरु शिथिल हुँदै जाने र अपाङ्ग समेत भइरहेको हामीले सुनेकै छौं वा देखेका पनि छौं ।

नेपालमा कृषिको सम्भावना हुँदाहुँदै पनि खाद्य सामग्री आयात हुनु विडम्बना भएको छ । वर्षेनी निर्यात भन्दा अरबौंको आयात बढी हुँदा अर्थतन्त्र समेत धरापमा परिरहेको छ । त्यसकारण हाम्रै घरखेतमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्नु आजको आवश्यकता भएको छ ।

यसै सन्र्दभमा स्वदेशमा प्राकृतिक तयारी पोषण सामाग्री उत्पादन गरेर विभिन्न क्षेत्रमा विभिन्न उमेर समुहका मानिसहरुलाई सफलता तथा परिणामका साथ आपृ्र्ती गरिरहेको सन्र्दभमा तयारी प्राकृतिक पोषण सामाग्री पनि लाभदायिक हुन सक्दछन् ।

—स्वदेश उत्पादित कृषि जन्य वस्तु अत्रबालि,दुग्ध पदार्थ तथा फलफुललगायतका खाद्य पदार्थहरु जस्तै दाल, भटमास, बदाम, गहुँ, चामल, कोदो, अलैची, बेसार, स्किम्ड मिलक पाउडर वनस्पति तेल खनिज तत्व ईत्यादी मिश्रण गरेर तयार गरिएको प्राकृतिक तयारी पोषण सामाग्री न्युनतम मुल्यमा उपलब्ध गराउन सकिने ।

  खाद्य प्रविधि तथा गुण नियन्त्रणबाट मान्यता प्राप्तका गुणस्तर यस्तो 

—  खाद्य प्रविधि तथा गुण नियन्त्रणबाट मान्यता प्राप्त साथै जाँच गराइएको ।

— अन्तराष्ट्रिय प्रमाण पत्र (HACCP, GMP, ISO: 22000:2018 ISO: 9001M2015) प्राप्त गरिएका कम्पन्नीहरु पनि छन् । उनीहरुलाई उचित स्थान दिन जरुरी छ ।

—   विभिन्न स्वादमा उपलब्ध गराउन सकिने ।

— नेपाल सरकारका शिक्षा र स्वास्थ्य क्षेत्रमा विगत ३ वर्षदेखि सफलताका साथ आपृ्र्ति गराइरहेको अनुभव भएको ।

—  स्वचालित मेसिनबाट तयार गरिएको ।

—  शरीरलाई अति आवश्यक मात्रामा चाहिने क्यालोरी, भिटामिन, प्रोटिन, आयोडिन, जिङ्क, आइरन फ्याट आदि प्राप्त हुने ।

—    ओस (Moisture) को मात्रा लगभग ६ प्रतिशत भन्दा कम भएको एक कम्पनीले तयार पारेको रिपोटमा उल्लेख छ ।

—    खानको लागि तयार अवस्थामा रहेको र केहि खाजा तयार गर्न पानी मात्र आवश्यक पर्ने ।

—   उत्पादन प्रकृया प्रमाणिकिरण भएको साथै अन्तराष्ट्रिय मापदण्ड अनुसार उत्पादन गरिएको ।

—  छोटो समयमा तयार गरेर खान सकिने ।

—  स्वदेशमा उत्पादन भएका खाद्य पदर्थहरुलाई प्राथमिक्ता दिएर तयार गरिएको ।

— ठुलो मात्रामा रोजगारीको अवसर सिर्जना गर्न सक्ने ।

— देशका किसानलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बृहत लाभ पुर्याउन सक्ने ।

—  पुरक पौष्टिक आहार (Supplementary Nutrition Food) भएकोले जो सुकैले जुनसुकै बेला खान सकिने ।

—  आयातलाई निरुत्साहित गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सकिने ।

— जङ्क फुडको प्रथालाई निरुत्साहित गर्ने उदेश्यले तयार गरिएको ।

—  राजश्वमा ठुलो वृद्धि गर्ने ।

“तयारी पौष्टिक आहार, मजवुतीको आधार” नाराका साथ हामीले उत्पादन गरेका विभिन्न स्वादमा रहेका प्राकृतिक पोषण सामग्री जस्तै : मिठो दलिया, हलुवा, खिचडी, खिर, चना चामल, विरयानी, पुलाउ, राज्मा चामल (तातो पानी मात्र आवश्यक पर्ने) र सोझै खान सकिने पोषण सामाग्री जस्तै : पोहा, मखना मिक्स, पोषिलो स्नैक्स, न्यृ्ट्रिसन बार, इत्यादि आहारहरु रहेका छन् ।

यस्त आहारहरुबाट धेरै फाइदा पूग्ने छ । साथै यी पौष्टिक आहारहरु लगभग १५० डिग्री तापक्रममा पकाइने भएकाले यसलाई खानको लागि पानी मात्र आवश्यक पर्दछ ।

जसले गर्दा हतारमा कतै निस्कनुपर्ने अवस्थामा पनि यसको उपयोग गर्न सकिन्छ । फिल्डमा खटिएको अवस्थामा पनि यसलाई साथमा राखेर आवश्यकता परेको बेलामा तुरुन्तै बनाएर खान सकिन्छ ।

कोभिड जस्ता विरामीहरु संक्रमणको समयमा आफ्नो रोगप्रतिरोधात्मक क्षमता बढाउनका लागि पनि यो लाभदायिक हुन सक्छ ।

नियमित रुपमा पोषण सामाग्रीको अति आवश्यक भएको हुनाले तयारी पोषण सामाग्री उपलब्ध गराउन जरुरी देखिन्छ । दैनिक रुपमा आहार उपभोग गरेता पनि दिनको एक समयमा माथी उल्लेखित पोषण सामाग्री उपलब्ध गराउन सके फाइदाजनक हुन्छ ।

अचेलको खानपान तथा जिवन शैलीमा हरेक मानिसमा केहि न केहि न्यृ्ट्रशनको कमि (जस्तै कसैको Vitamin/Iron इत्यादि कमि) भएको देखिन्छ ।

यस्ता Supplementary Food को उपयोग गर्दा शरिरमा नपुगेको Nutrition Value लाई Balance गर्न सहयोग गर्छ । त्यसैले यस्ता Supplementary Nutrition Food उपयोग गरेर शरिरलाई स्वास्थ र निरोगी बनाउन मद्दत गर्दछ ।

हाल देशमा लगभग ३० अर्ब रुपैया बराबरको बार्षिक भटमास तथा भटमासको सोया केक आयात भई रहेको छ । हाल हाम्रो देशमा सुदुरपश्चिम, कर्णाली, लुम्बिनीमा आसिंक रुपले भटमासको खेती भई रहेको छ । देशका अन्य प्रदेशमा पनि भटमास सानो संख्यामा उत्पादन भई रहेको छ ।

यसको मुल कारण किसानले आफनो बालीको यथोचित मुल्य नपाई बिचौलियाहरु मार्फत बिक्री वितरण गर्नुपरेको छ । हाल देशका अधिकत्तम प्रदेशमा किसानले ५० देखी ६० रुपैया प्रति के.जी. बिचौलियाहरु मार्फत बिक्री गर्दा त्यही भटमास १०० रुपैया के.जी.मा बिक्री भई रहेको अबस्था छ ।

किसानलाई बिभिन्न प्रदेश सरकारहरु र स्थानीय सरकार मार्फत किसानसँग सोझै ८० देखी १०० रुपैया प्रति के.जी. खेती लगाउनु भन्दा अगाडी नै हामी जस्ता दिर्घकालीन अग्रीम सम्झौता गर्न तयार हुनुपर्छ ।

सरकारले दिईरहेको मल र बिउको अनुदानमा भटमास खेतीको लागी विशेष ध्यान दिई भटमास खेतीका लागी आवश्यक मल र बिउ उपलब्ध गराउनु पर्दछ ।

यसो गर्दा किसानले हाल पाई रहेको मुल्य भन्दा धेरै अधिक मुल्य पाउने र बिचौलियाहरु मार्फत बिक्री नगराउनु पर्ने तथा मल र विउको अनुदान सरकारले उपलब्ध गराइदिने हुदाँ देशमा कृषि क्षेत्रमा ठुलो क्रान्ती ल्याउन सकिन्छ ।

साथै आयात भई रहेको ३० अर्बको भटमासलाई न्युनिकरण गरिआयातलाई निरुतासाहित गर्ने देशका अभियानलाई अगाडी बढाउन सकिन्छ । हाल देशमा दुधको ठुलो समस्या लामो समय देखी भई रहेको छ ।

डिडिसी लगायत देशका सरकारी र गैरसरकारी दुध फार्महरुका करोडौ रुपैयाको दुध पाउडर तथा दुधका अन्य पदार्थहरुको स्टक बढेको छ । हाम्रा किसानहरुलाई ६—६ महिनाको भुक्तानी गर्न सकेका छैनौँ ।

किसानहरुका निरन्तर समस्या तथा आन्दोलन यस सम्बन्धमा देखिन्छ सरकारसँग जोडिएका पोषण कार्यक्रमहरुलाई स्वदेशी कृषि तथा दुधसँग उत्पादित पोषण सामाग्रीमा जोड्दा लाखौँ किसानहरुको दुध खपत हुने तथा दुध फार्महरुका समस्या दीर्घकालिन धेरैहद सम्म समाधान हुनेछ ।

हाल देशमा रहेका दुध फर्महरु सँग दिर्घकालीन सम्झौता गर्दा उनिहरु पनि एक—एक जिल्लामा लगभग १०,००० किसानहरुसँग दीर्घकालीन सम्झौता गरी दुध आपूर्ती गरेर पोषणयुक्त आहार (पौष्टिक आहारा)को लागी आवश्यक दुध पाउडर उपलब्ध गराउन तयार रहेको अवस्था छ

। स्थानीय कृषि स्थानीय रोजगारलाई मुल मन्त्र बनाई कृषिलाई प्राथमिकता दिई कृषि जन्यपदार्थ जस्तै भटमास, कोदो, दाल, चामल, मकै,वदाकम,दुध पदार्थ जस्ता कृषिजन्य आहारबाट तयारी पोषण सामाग्रीमा उत्पादन गर्ने संस्थासंग सहकार्य गरि गुणस्तरीय पोषण सामाग्री प्रदान गर्ने निति बनाउन आवश्यक छ ।

यसले देशको Economy मा Triple Effect पार्ने छ र देशको कृषि र रोजगारमा परिर्वतन ल्याउछ । उपभोग गर्दै आएको खानामा पौष्टिक तत्व भएतापनि दैनिकी खाजाका रुपमा उपभोग गर्दै आएका खाजामा पृ्र्ण रुपले पौष्टक तत्व कम भएको देखिन्छ ।

त्यसैले हाल उपभोग गर्दै आएका खाजा जस्तै : चाउचाउ, बिस्कुट तथा अन्य खाजाको सट्टामा स्वदेशी प्राकृतिक तयारी पोषण सामाग्री उपलब्ध गराई पौष्टिक तत्वमा वृद्धि गर्न सकिन्छ । यसलाई रु ३५ मा एक छाक पुग्ने गरी भ्याट र ढुवानी सहित उपलब्ध गराउन सकिन्छ ।

हाल विहान खाना खाएपछि बेलुका खाना अगाडी चिया विस्कुट खाने गरिन्छ । स्वदेशमै उत्पादन भएको गुणस्तरीय प्राकृतिक (केमिकल रहित) खाजाको ब्यबस्था गर्न सामान्य लगानीमा गर्न सकिन्छ ।

लगानीका हकमा लगभग ३५ रुपैया प्रति दिन प्रति व्यक्ति हुदाँ एक लाख मानिसको लागि वार्षिक (३५ह१००००० ह ३६०.१,२६,००,००,०००) ( १ अर्ब २६ करोडको आवश्यकता पदर्छ ।) यस महगाईको समयमा रु.३५ मा (भ्याट र ढुवानी शुद्ध) स्वदेशी प्राकृतिक तयारी खाजा सामान्य लगानीमा १ लाखलाई उपलब्ध गराउन सकिन्छ । त्यसैले सरकारका विभिन्न पोषण कार्यक्रम यस्ता विषय समेटिनु पर्दछ ।

यस्ता स्वदेशी पोषण सामाग्री वितरण जस्ता कार्यक्रमलाई अगाडी बढाउदा स्वस्थलाभ हुनुका साथै देशमा कृषि, रोजगारीलाई पनि ठुलो प्रोत्साहन भई अर्थतन्त्रमा सुधार हुन्छ, साथै किसानलाई पनि फाईदा पुर्याउने र देशमा ठुलो जनशक्तिलाई रोजगारी प्रदान गरि, देशमा बढ्दै गएको बेरोजगारी समस्यालाई केही मात्रामा भए पनि न्युनिकरण गर्न सक्ने,राजस्वमा वृद्धि गर्ने, स्वास्थ लाभ पु¥याउन यस्ता कार्यक्रमलाई प्राथमिकतामा राखिनु पर्दछ । अभियान टाइम्सका साथमा ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!