April 10, 2025, 1:52 am

मार्शल ल लगाउने दक्षिण कोरियाली राष्ट्रपति युन सुक पदमुक्त

चैत्र २१, २०८१ मा प्रकाशित | ३५०दर्शक तीव्रखबर

काठमाडौं,  । दक्षिण कोरियाको राष्ट्रपति युन सुक येओल पदमुक्त भएका छन् ।

संवैधानिक अदालतले युन सुक येओलले गत डिसेम्बरमा मार्शल ल घोषणा गरेर आफ्नो शक्तिको दुरुपयोग गरेको अभियोगमा पदमुक्त गरेको हो ।

सो अदालतले उनलाई स्थायी रूपमा पदबाट हटाएको फैसला सुनाएको छ ।

जब राष्ट्रपति यून सुक येओलले डिसेम्बर ३ मा मार्शल ल घोषणा गरे र सेनालाई संसद भवन देखी अन्य निकायमा नियन्त्रणमा लिन आदेश दिएर देश र विश्वलाई चकित पारेका थिए।

तर, जनता, आफ्नो सेना र संसदका सदस्यहरूको प्रतिरोधलाई कम आँकलन गरेका उनले ६ घण्टापछि नै सो अर्डर फिर्ता लिन बाध्य भएका थिए। पछि उनलाइ संसदले महाअभियोग लगाएर निलम्बन गरेको थियो ।
तर, संसदले निलम्बन गरे पनि संबैधानिक अदालतले अन्तिम निर्णय गर्नु पर्ने संबैधानिक ब्यवस्था अनुसार उनी माथी संबैधानिक अदालतमा बहस चलिरहेको थियो । जुन बहस समाप्त भए पछि अदालतले उनी पदमुक्त भएको घोषणा गरेको हो ।

प्रतिक्रिया