सडक पूर्वाधार विकासलाई राष्ट्रिय प्राथमिकतामा समेट्न आवश्यक

- April 17, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

ई. अमिन्द्र खड्का, प्रमुख – गोरखा सडक योजना

पूर्वाधार विकास राज्यको मेरुदण्ड मानिन्छ । पूर्वाधार विकास मध्ये सडक पूर्वाधार आर्थिक क्षेत्रको विकासका निम्ति महत्वपूर्ण हो । मुलुकको अधिकांश सडक पूर्वाधारहरु सडक विभाग अन्तर्गत निर्माण, स्थरोन्नती, मर्मत, सम्भार र संरक्षण हुँदै आएका छन् । सडक विभाग मातहत विभिन्न क्षेत्र, स्थान अनुरुप विभिन्न अयोजना, योजनाहरु स्थापना गरि सडक विभागले आफ्नो कामलाई तीव्रगतिमा अगाडि बढाउँदै आएको छ । सो विकाग अन्तर्गत गोरखा सडक योजनाले पनि गोरखा जिल्ला र सो आसपासका क्षेत्रहरुमा सडक पूर्वाधार विकासलाई उच्च प्राथमिकता दिँदै आफ्नो कार्य गर्दै आएको छ । प्रस्तुत छ – सो योजना कार्यालयका कार्यालय प्रमुख ई. अमिन्द्र खड्कासँग उक्त योजना अन्तर्गत भैरहेका विकास निर्माणको अवस्थाका बारेमा गरिएको छोटा कुराकानीको सारांश ।
गोरखा सडक योजनामा के कस्ता काम भैरहेका छन् ?
गोरखा जिल्लामा रहेका महत्वपूणे सडकदेखि स–साना सडक निर्माण, स्थरोन्नतीदेखि मर्मत, सम्भार, सुधार लगायतका कार्यहरु यो योजना कार्यालयले गर्दै आएको छ । साथै यहाँका सडक पूर्वाधार निर्माणमा पनि स्थानिय जनप्रतिनिधी प्रशासनको सल्लाह र सहयोग पनि राम्रै भएकाले निरन्तर कामलाई प्राथमिकता दिएर अगाडी बढ्न हामी सक्षम भैरहेका छौं ।
समस्याहरु के के छन् ?
केही सडकमा आर्थिक अभावको समस्या छन् भने दुई सडक ११ किमी वारपार्क सडक र फिनामटार–जौवारी जाने सडकमा ढिलो काम भइरहेको छन् । यहाँ काम ढिलो हनुमा चाँही आर्थिक कारण र ठेकेदार कम्पनीले काममा ढिला सुस्ती गरेकोले समयमा नै निर्माण काय सम्पन्न हुन सकेको छैन । त्यसलाई हामी छिटो सम्पन्न गर्नका लागि बजेटको व्यवस्थापनका साथसाथै निर्माण कम्पनीलाई दवाब दिने काम गर्दे आइरहेका छौं ।
गोरखाको यो योजनाले कति सडक हेर्छ ?
साना सडक ४० वटा छन् र महत्वपूर्ण सडक ५ वटा छन्, पुल निर्माणधीन अवस्थामा ३ वटा छन् । यी सबै सडकहरुको मर्मत, सुधार र संभारको कामहरु भइरहेको छ ।
स्थानिय जनप्रतिनिधिबाट सहयोग र समन्वय कस्तो छ ?
स्थानिय सरकार, नागरिक समाज र राजनैतिक दलहरुबाट स्थानियमा परेको समस्यालाई समाधान गर्ने काम र सडक पूर्वाधार निर्माणलाई छिटो सम्पन्न गराउने प्रयत्न र सहयोग राम्रोसंग भएको छ ।
सडक सुरक्षा बारे कस्तो काम गर्नु भएको छ ?
खास गरी सडक सुरक्षामा मोड सुधार र संकेत चिन्हहरु राख्ने, सडक सतह, मिलाएने, दुर्घटना रोक्ने संकेतहरु राख्ने काम गर्दै आएका छौं । पहिरो ३ वटा छन् रोकथामको प्रयास गरेका छौं । प्रायःजसो कामहरु हुँदैछन् । सडक सुरक्षा र दुर्घटना रोक्न डाईभरहरुलाई टे«निङ दिनु पर्दछ भन्ने मेरो मान्यता छ ।
अन्तमा के भन्न चाहनु हुन्छ ?
खास गरि यातायात नै विकासको मेरुदण्ड हो । सडकलाई राष्ट्रिय प्राथमिकता साथ लिनु पर्दछ । तर, कागजमा मात्र उल्लेख छ, कार्यान्वयन पक्षमा भने कमी छ । बजेट न्यूनतम अवस्था हुन्छ । स्थानिय प्रतिनिधी, राष्ट्रिय योजना छनौट, विज्ञ जनशक्ति एवम् निर्माण व्यवसाय स्थानिय प्रशासन सबैले सडक यातायातको लागि समन्वय गरी विकासलाई अगाडी बढाउन हातेमालो गरी अगाडी बढ्नु पर्दछ भन्ने मेरो दृष्टिकोण छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!