काठमाडौं । राजावादी आन्दोलनका क्रममा लुटपाट गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) खोटाङका पूर्व संयोजक डा. राजकुमार राईलाई थप ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
उनी चैत १५ गते तीनकुनेमा भएको राजावादी आन्दोलनमा अराजक गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका थिए । उनलाई दोस्रो पटक म्याद थपका लागि काठमाडौं जिल्ला अदालत उपस्थित गराइएको मा अदालतले थप ६ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
राई पहिले रास्वपा खोटाङका संयोजक थिए । पार्टीको जिल्ला नेतृत्व निर्वाचनमार्फत गएको पुसको मध्यमा हेरफेर भएको थियो । यो निर्वाचनमा जिल्ला सभापतिका लागि चुनाब लगेका राईले चुनाब हारेका थिए । चुनाब हारेपछि उनी पार्टीमा निष्कृय रहेको रास्वपाले जनाएको छ । यद्यपि उनले पार्टीको सदस्यता त्यागेका छैनन् र पार्टीले उनलाई सदस्यताबाट निष्काशन पनि गरेको छैन ।
प्रतिक्रिया