April 10, 2025, 12:46 am

मोदी पनि पुगे बैंकक, भोली ओलीसँग साइडलाइन बार्ता हुने

चैत्र २०, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

काठमाडौं,  । बिमेस्टेक सम्मेलनमा सहभागी हुनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भर्खरै थाइल्याण्ड पुगेका छन् ।

छैटौं बिमेस्टेक सम्मेलनका लागि उनी बैंकक पुगेका हुन् । विमानस्थलमा उनलाइ थाइल्याण्डका उपप्रधानमन्त्री तथा यातायात मन्त्री सुरिया जङ्रुङग्रेङकितले स्वागत गरेका थिए ।

२४ घन्टाका लागि बैंकक पुगेका मोदी भोली नै श्रीलंकातर्फ प्रस्थान गर्नेछन् । सो अघि प्रधानमन्त्री केपी शर्मा ओलीसँग साइड लाइन बार्ता हुने जनाइएको छ।

प्रतिक्रिया