April 10, 2025, 3:59 am

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

चैत्र १९, २०८१ मा प्रकाशित | ४००दर्शक तीव्रखबर

काठमाडौँ- मंगलबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्य आज भने घटेको छ । पछिल्लो दिनयता लगातार बढेर कीर्तिमान कायम गरिरहेको सुनको मूल्य आज तोलामा रु छ सय घटेको हो ।

त्यस्तै,  चाँदीको मूल्य पनि तोलामा रु १५ ले घटेको छ ।

मंगलबार प्रतितोला रु एक लाख ७९ हजार सात सय कायम भएको सुनको मूल्य आज तोलामा रु छ सय घटेर रु एक लाख ७९ हजार एक सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, आज चाँदी प्रतितोला रु दुई हजार २० मा कारोबार भएरहेको छ ।

अन्तर्रराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस तीन हजार एक सय १५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया