काठमाडौं- नेपाल स्टक एक्स्चेन्जको प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईं बनेका छन्।
सोमबार बसेको मन्त्रिपरिषदको बैठकले चापागाईंलाई नेप्से सीईओमा नियुक्त गरेको हो।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका डेपुटी जनरल म्यानेजरसमेत रहेका उनी झापाका हुन्।
नेप्सेको सीईओमा यसअघि नारदकुमार लुइँटेललाई नियुक्त गरिएको भएपनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएन। जसकारण चापागाईंलाई नियुक्त गरिएको हो।
प्रतिक्रिया