April 10, 2025, 3:37 am

सुनको मूल्यमा नयाँ कीर्तिमान, कतिमा हुँदैछ कारोवार ?

चैत्र १८, २०८१ मा प्रकाशित | ३३०दर्शक तीव्रखबर

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य निरन्तर बढिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य अहिले सम्मकै धेरै महंगो भएको छ ।

महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार (आज) सुनको मूल्य १ हजार ८०० रुपैयाँ बढेर तोलामा १ लाख ७९ हजार ७०० रुपैयाँ कायम भएको हो । सोमबार छापावाल सुनको मूल्य १ लाख ७७ हजार ९०० रुपैयाँ कायम भएको थियो ।यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । सोमबार तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मंगलबार पनि सोही मूल्य कायम भएको हो ।

प्रतिक्रिया